अनुपम खेरले नै पाएनन् उचाइको टिकट

निर्देशक सुरज बडजात्याको फिल्म ‘उचाइ’ गत शुक्रबारबाट प्रदर्शनमा आइसकेको छ । भारतमा कम स्क्रिनमा रिलिज भए पनि फिल्मले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।
यही बीचमा फिल्मका मुख्य कलाकारमध्ये एक अनुपम खेरले एक भिडियो सामाजिक सञ्जालमा साझा गर्दै आफूले ‘उचाइ’को टिकट नपाएको उल्लेख गरेका छन् । भिडियोमा उनी मुम्बईको कुनै एक थिएटरमा पुगेका छन् । उनले टिकट मागिरहँदा टिकटवालाले फिल्म हाउसफुल भएकाले टिकट दिन नमिल्ने भनेका छन् ।
भिडियोमा अनुपम सुट लगाएर थिएटर बाहिर उभिएका छन् । आफूले अभिनय गरेको फिल्मको टिकट आफूले नै नपाउनु आश्चर्यजनक रहेको भन्दै खुशी व्यक्त गरेका छन् । यो कुरा उनले निर्देशक सुरजलाई पनि बताएका छन् ।
‘मैले उचाइको टिकट पाइनँ । पहिलोपटक असफलतामा सफलता देखें । म खुशीले पागल झैं भएको छु । जे पनि हुनसक्छ । जय हो’, उनले ट्वीटरमा भिडियो शेयर गर्दै लेखेका छन् । नेपालमा ७० प्रतिशत छायांकन गरिएको फिल्ममा अमिताभ बच्चन, बोमन ईरानी, डेनी डेन्जोङ्पा र परिणिती चोपडाको पनि अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो : राष्ट्रपति पौडेल
-
स्थानीय, पश्चिमी र बङ्गालबाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव : आज यी प्रदेशमा हुनेछ वर्षा
-
महाकालीको बार आज कसलाई कति लाभ ? हेरौं राशिफल
-
विशिष्ट उपचार सेवा सातै प्रदेशमा, बीमाको आर्थिक संकटसँग जुध्ने प्रयास
-
ला लिगामा ३४ औं चरणका खेल सुरु, बार्सिलोना उपाधि नजिक
-
प्रिमियर लिग : पेप ग्वार्डिवलाको म्यान्सिटी तेस्रो स्थानमा