परिजितालाई बालेनदेखि रविसम्मको शुभकामना
अमेरिकी द भ्वाइसको २२ औ संस्करणमा सहभागी नेपाली मूलकी परिजिता बास्तोला अगाडि बढ्न सकून् भन्दै धमाधम शुभकामना सन्देशहरू निरन्तर प्राप्त भइरहेका छन् । यसै सिलसिलामा काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन शाह र परिजिता बास्तोलाबीच कुराकानी भएको छ ।
बालेन स्वयम् कलाकार भएको नाताले यसैको सेरोफेरोमा कुराकानी भएको छ भने उनले जितका लागि शुभकामना दिएका छन् । बालेनले परिजितालाई प्रोत्साहन गर्नुको साथै विजयको नजिक रहेको समेत उल्लेख गरे । यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले नाममै जीतको कामना भएको बताउँदै सामाजिक सञ्जालमा शुभकामना दिएका छन् । यसै गरी चर्चित गायक दीपक बज्राचार्य लगायत थुप्रै शुभकामना सन्देश दिनुको साथै शुभकामना सन्देश आउने क्रम जारी छ । साथै वरिष्ठ लोक गायक प्रेम राजा महतले पनि शुभकामना दिइसकेका छन् ।
परिजितालाई मत गर्ने तरिका
अमेरिका बाहिरबाट http://Nbc.com/voicevote मा गएर आफ्नो इमेल प्रयोग गरी प्रोफाइल क्रियट गरेर १० पटक सम्म भोट गर्न सकिनेछ भने अमेरिकाबाट App Store/ Play store मा ‘The Voice App’ डाउनलोड गरेर एउटा डिभाइसबाट १० पटक सम्म भोट गर्न सकिन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण