बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

जनताको जीवनयापन सरल बनाउन सक्रिय रहन्छु : प्रकाशमान सिंह

सोमबार, २८ कात्तिक २०७९, १४ : २४
सोमबार, २८ कात्तिक २०७९

कांग्रेसका नेता प्रकाशमान सिंहले विगतमा राजनीतिक अस्थिरताका कारण जनअपेक्षा पूरा गर्न नसकिएको भन्दै अब सम्पूर्ण ध्यान स्थायित्व कायम गर्दै जनताको जीवनयापन सरल बनाउन सक्रिय हुने बताए । 

यस्तै, काठमाडौं १ का मतदाताले आफूलाई सरकारको नम्बर वान म्यान बनेका बनेको हेर्न चाहेको पनि बताएका छन् । काठमाडौं महानगर– २९ मा सोमबार बिहान आयोजित घरदैलो कार्यक्रममा पत्रकारहरूलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । ‘यो क्षेत्रका जनताले मलाई सरकारको ‘नम्बर वान म्यान’ बनेको हेर्न चाहेको बताएका छन्,’ सिंहले भने ‘उहाँहरूको चाहना पूरा गर्न म प्रयासरत पनि छु ।’

आफूले काठमाडौं १ मा धेरै विकासका काम गरेको भन्दै उनले फेरि निर्वाचित भए बाँकी काम पनि पूरा गर्ने बताए । उनले विजयी भएपछि संकटमा रहेको देशको अर्थतन्त्र समाधान गर्ने र लगानी–मैत्री वातावरण बनाउने दायित्व पूरा गर्ने बताए । –न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप