शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

डा. मुकुन्दको गीत ‘म सधैँमा’ सार्वजनिक

मङ्गलबार, २९ कात्तिक २०७९, १५ : ३८
मङ्गलबार, २९ कात्तिक २०७९

गायक डा. मुकुन्द रेग्मीको ‘म सधैँ’ बोलको गीत सार्वजनिक भएको छ । रेग्मीकै शब्द र संगीत रहेको गीतको एरेन्जर राहुल विश्वकर्माले गरेका हुन् ।
रुप र धन हेरेर मात्रै माया प्रेम हुँदैन, माया त भावनाले हुन्छ भन्ने थिम गीतको भिडियोले उठाएको छ । भिडियोमा विनोद बस्नेत र साहारा कोइरालाको अभिनय देख्न सकिन्छ ।
भिडियोको निर्देशन आचार्य गोपालले गरेका हुन् । हिमाल शर्माको छाँयाकन र चानास पुन मगरको सम्पादन रहेको भिडियोमा काठमाडौँका विभिन्न सुन्दर दृश्यहरु समावेश छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप