ट्रम्प निकट केभिनलाई सभामुख बनाउने तयारी

रिपब्लिकन अल्पसंख्यक नेता केभिन म्याकार्थीलाई अमेरिकी कंग्रेसको अर्को कार्यकालमा सभामुखका लागि मनोनयन गरिएको छ । रिपब्लिकनहरूले तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा बहुमत ल्याउने अनुमानसँगै केभिनलाई सभामुखका लागि मनोनयन गरिएको हो ।
“हाउस रिपब्लिकनहरूले केभिन म्याकार्थीलाई ११८औं कांग्रेसको लागि स्पिकरको लागि हाम्रो उम्मेदवारको रूपमा चयन गरेका छन्,“ हाउस रिपब्लिकनहरूले ट्विटरमार्फत भने । केभिन पूवराष्ट्रपति डोनाल्ड ट्रम्प निकट मानिन्छन् ।
सभामुखमा निर्वाचित हुन तल्लो सदनका कम्तीमा २१८ जना सांसदको समर्थन चाहिन्छ । मध्यावधि निर्वाचनपछि तल्लो सदनमा रिपब्लिकन ठूलो दल बनेको छ । तर, माथिल्लो सदन सिनेटमा भने डेमोक्रयाट्सको बहुमत छ । १०० सिट भएको सिनेटमा डेमोक्रयाट्सले ५० सिट ल्याएको छ भने रिपब्लिकनले ४९ सिट ल्याएका छन् । जर्जियाको एक सिटमा निर्वाचन हुन बाँकी छ ।
माथिल्लो सदनमा दुबै दलको बराबर सिट भएमा उपराष्ट्रपतिलाई मतदानको अधिकार हुन्छ । अहिले न्यान्सी पेलोसी सभामुख छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैङ्कको बौद्ध शाखामा पाँचौँ प्रायोरिटी बैङ्किङ लाउञ्ज सुरू
-
बागमती प्रदेश सरकार र सिडिओलाई प्रेस सेन्टरले बुझायाे ज्ञापनपत्र
-
आइएमई ग्रुपको लगानीमा नवलपुरको मौलाकालीमा ‘इला होटल’ सञ्चालनमा आउँदै
-
गभर्नर नियुक्तिका लागि आफूखुसी मापदण्ड बनाइएको भन्दै सर्वोच्चमा रिट
-
सात दिनमा सिफारिस समिति बनाइ डेढ महिनाभित्र सहकारी नियमन प्राधिकरण गठन गर्न सर्वोच्चको परमादेश (पूर्णपाठ)
-
अघि बढेन वामपन्थी एकता, गतिहीन बन्यो समाजवादी मोर्चा