तीन वर्षपछि मोदी-सी भेट, गलवान झडपपछि पहिलो
इन्डोनेसियाको बालीमा भएको जी–२० शिखर सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेट भएको छ । इन्डोनेसियाका राष्ट्रपतिले शिखर सम्मेलनमा सहभागी सबै नेताहरूका लागि रात्रिभोजको आयोजना गरेका थिए । सोही रात्रिभोजमा दुई नेताबीच भेट भएको हो ।
भेटमा दुवैले एकअर्कासँग हात मिलाएर केही बेर कुराकानी गरे । तर, दुईबीच औपचारिक कुराकानी भने भएन । मोदी र सीको पछिल्लो भेट ३ वर्षअघि अर्थात नोभेम्बर २०१९ मा ब्राजिलमा भएको ब्रिक्स शिखर सम्मेलनमा भएको थियो। सो भेटको एक महिनाअघि अर्थात् अक्टोबर २०१९ मा जिनपिङ भारत आएका थिए । त्यतिबेला दुई नेताबीच तमिलनाडुको महाबलीपुरममा भेट भएको थियो।
सन् २०२० मा गलवान झडपपछि कुनै पनि मञ्चमा मोदी र जिनपिङको यो पहिलो भेट हो। यसअघि सेप्टेम्बरमा एससीओको बैठकमा दुवै नेता एउटै मञ्चमा उपस्थित थिए तर दुवैले कुराकानीसमेत गरेका थिएनन् ।

यसबाहेक मोदीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग पनि भेट गरेका छन् । उनले ट्वीटरमा लेखे, ‘मेरो साथी राष्ट्रपति इमानुएल म्याक्रोनसँग।’ उनले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पनि भेटेका थिए । प्रधानमन्त्री मोदीले राष्ट्रपति बाइडेनसँग धेरै महत्त्वपूर्ण विषयमा छलफल भएको जानकारी दिए ।

प्रधानमन्त्री मोदीले बेलायती प्रधानमन्त्री ऋषि सुनकसँग पनि भेट गरेका छन् । उनले लेखेका छन्, ‘भविष्यमा सँगै काम गर्न तयार छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनी आक्रमणले रुसी अर्थतन्त्र र समाजमा असर पारेको छ : भ्लादिमिर पुटिन
-
बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
-
सेफ सन्तोष साह धनुषाबाट पक्राउ
-
नेकपाको कार्यविभाजनप्रति कालिकोटमा असन्तुष्टि, साबिक समाजवादीले बोलायो छुट्टै बैठक
-
पाराग्वेविरुद्ध अमेरिकाको प्रभावशाली जित
-
कैलालीमा वन अतिक्रमण हटाइयो, ४७ संरचना भत्काइए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण