तीन वर्षपछि मोदी-सी भेट, गलवान झडपपछि पहिलो

इन्डोनेसियाको बालीमा भएको जी–२० शिखर सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेट भएको छ । इन्डोनेसियाका राष्ट्रपतिले शिखर सम्मेलनमा सहभागी सबै नेताहरूका लागि रात्रिभोजको आयोजना गरेका थिए । सोही रात्रिभोजमा दुई नेताबीच भेट भएको हो ।
भेटमा दुवैले एकअर्कासँग हात मिलाएर केही बेर कुराकानी गरे । तर, दुईबीच औपचारिक कुराकानी भने भएन । मोदी र सीको पछिल्लो भेट ३ वर्षअघि अर्थात नोभेम्बर २०१९ मा ब्राजिलमा भएको ब्रिक्स शिखर सम्मेलनमा भएको थियो। सो भेटको एक महिनाअघि अर्थात् अक्टोबर २०१९ मा जिनपिङ भारत आएका थिए । त्यतिबेला दुई नेताबीच तमिलनाडुको महाबलीपुरममा भेट भएको थियो।
सन् २०२० मा गलवान झडपपछि कुनै पनि मञ्चमा मोदी र जिनपिङको यो पहिलो भेट हो। यसअघि सेप्टेम्बरमा एससीओको बैठकमा दुवै नेता एउटै मञ्चमा उपस्थित थिए तर दुवैले कुराकानीसमेत गरेका थिएनन् ।
यसबाहेक मोदीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग पनि भेट गरेका छन् । उनले ट्वीटरमा लेखे, ‘मेरो साथी राष्ट्रपति इमानुएल म्याक्रोनसँग।’ उनले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पनि भेटेका थिए । प्रधानमन्त्री मोदीले राष्ट्रपति बाइडेनसँग धेरै महत्त्वपूर्ण विषयमा छलफल भएको जानकारी दिए ।
प्रधानमन्त्री मोदीले बेलायती प्रधानमन्त्री ऋषि सुनकसँग पनि भेट गरेका छन् । उनले लेखेका छन्, ‘भविष्यमा सँगै काम गर्न तयार छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजलासमै पानी परेपछि सुनुवाइ स्थगित
-
'एकीकृत एनआरएनएका लागि खुला संवादका पक्षमा छौँ' (निष्कर्षसहित)
-
जलवायु परिवर्तनबारे सामूहिक आवाज उठाउनुपर्छ – मन्त्री राणा
-
गृहमन्त्री रमेश लेखकलाई प्रश्न, ‘जीबी राई कहिले पक्राउ पर्छन् ?’
-
मन्त्रिपरिषद् बैठक सुरू,के गर्ला निर्णय ?
-
दोस्रो पटक म्याद थप्दा पनि टुङ्गिएन कांग्रेसको क्रियाशील सदस्यता नवीकरण