ट्विटर ब्लु टिक मंसिर १३ देखि पुनः सुरु हुने घोषणा

ट्विटरका नयाँ मालिक एलन मस्कले मंगलबार ट्विटर ब्लु टिक सदस्यता योजना नोभेम्बर २९ अर्थात् मंसिर ३ बाट फेरि सुरु हुने जानकारी दिएका छन् । उनले बुधबार बिहान यसबारे ट्वीट गर्दै भनेका छन्, ‘नोभेम्बर २९ मा, ट्विटर ब्लु–भेरिफाइड फेरि सुरु हुनेछ र यसपठक यो पहिले भन्दा बलियो छ भनेर निश्चित गरिनेछ ।’
विगतमा, ट्विटरले आफ्नो ८ डलर सदस्यता शुल्क तिरेर अकाउन्ट भेरिफाईको सेवालाई तत्काल प्रभावबाट रोक्नुपरेको थियो । वास्तवमा, यस योजनाअन्तर्गत, धेरै नक्कली र प्यारोडी खाताहरूले पैसा तिरेर आफ्नो लागि निलो प्रमाणीकरण ट्यागहरू किनेका थिए ।
Punting relaunch of Blue Verified to November 29th to make sure that it is rock solid
— Elon Musk (@elonmusk) November 15, 2022
यस योजनामा आएको अनियमिततालाई ध्यानमा राख्दै ट्विटरले यो प्रक्रिया रोक्नुपरेको थियो । ट्विटर खरिद गरेपछि एलन मस्कले प्रमाणीकरण प्रक्रियाका लागि पैसा लिने घोषणा गरेका थिए । यसपछि प्रमाणीकरणका लागि मासिक आठ डलर शुल्क तोकिएको थियो ।
मस्कले भने– उनीहरुलाई जागिरबाट निकालेर गल्ती भयो
यसबाहेक, एलन मस्क ट्विटरको नयाँ मालिक बनेपछि कम्पनीबाट ठूलो संख्यामा कर्मचारीलाई हटाइयो ।
Important to admit when I’m wrong & firing them was truly one of my biggest mistakes
— Elon Musk (@elonmusk) November 15, 2022
अब यस्तै दुई कर्मचारीको तस्बिर सेयर गर्दै एलन मस्कले ट्वीटरमा लेखेका छन् कि यी कर्मचारीहरुलाई बर्खास्त गरेर गल्ती भएको छ । अहिले फेरि उनीहरुलाई काममा लगाइएको छ ।
उनले ट्वीट गरे, ‘लिगमा र जोनसन तपाईंहरुलाई स्वागत छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्ड किन ढल्किँदै छन् कांग्रेसतिर ?
-
कांग्रेसलाई प्रमुख प्रतिपक्षी दलको सुविधा दिन नहुनेबारे परेको मुद्दामा आज सुनवाइ
-
जसपा र एकीकृत समाजवादीलाई फकाउँदै प्रधानमन्त्री
-
लुम्बिनीमा राष्ट्रियसभा सदस्यका लागि निर्वाचन आज, तीन उम्मेदवार प्रतिस्पर्धामा
-
राष्ट्र बैंकको तथ्यांकले शेयरबजारमा तीव्र वृद्धि
-
मुग्लिन–नारायणगढ सडकको विकल्प तयार, फागुनदेखि सञ्चालनमा