अर्को कंग्रेसमा फेरि प्रतिस्पर्धा गर्दिन : पेलोसी

अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसीले मध्यावधि चुनावपछि डेमोक्य्राटहरुले तल्लो सदनमाथिको नियन्त्रण गुमाएपछि अर्को संसदमा पार्टी नेतृत्व पदका लागि पुनः चुनाव नलड्ने बताएकी छिन् ।
“यस फ्लोरमा उभिनु र सान फ्रान्सिस्कोका जनताका लागि बोल्नु भन्दा मेरो लागि कुनै ठूलो आधिकारिक सम्मान छैन । म यो सदनको सदस्यको रूपमा काम गरिरहनेछु,“ पेलोसीले भनिन् ।
‘म अर्को कांग्रेसमा लोकतान्त्रिक नेतृत्वको लागि पुनः चुनावमा जाने छैन’, उनले थपिन् । पेलोसीले नयाँ पुस्ताले लोकतान्त्रिक बैठकको नेतृत्व गर्ने समय भएको बताउँदै आएकी छिन् । सन् २०१८ मा पेलोसीले एक अनौपचारिक सम्झौतामा सभामुखको रुपमा आफ्नो कार्यकाल चार वर्षमा सीमित गरेकी थिइन् ।
मध्यावधि निर्वाचनपछि डेमोक्य्राटहरुले तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा आफ्नो बहुमत गुमाएका छन् । रिपब्लिकनले अल्पसंख्यक नेता केभिन म्याक्याथेलाई सभामुखको रुपमा मनोनयन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइएमई ग्रुपको लगानीमा नवलपुरको मौलाकालीमा ‘इला होटल’ सञ्चालनमा आउँदै
-
गभर्नर नियुक्तिका लागि आफूखुसी मापदण्ड बनाइएको भन्दै सर्वोच्चमा रिट
-
सात दिनमा सिफारिस समिति बनाइ डेढ महिनाभित्र सहकारी नियमन प्राधिकरण गठन गर्न सर्वोच्चको परमादेश (पूर्णपाठ)
-
अघि बढेन वामपन्थी एकता, गतिहीन बन्यो समाजवादी मोर्चा
-
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी
-
९ महिनामा पढाइका लागि एक खर्ब ३ अर्ब ८४ करोड रूपैयाँ विदेश पठाइयो