सुमार्गीको ‘जिउ–धन सुरक्षा पत्र’ घुम्याघुम्यै – सिडीओ कार्यालय बाट डिएसपीको चेम्बरमा पुग्यो !
काठमाडौँ । विवादीत ब्यवसायी अजेयराज सुमार्गीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ‘जिउ धनको सुरक्षा गरिपाउँ’ भन्दै दिएको निवेदन उपर अझै कारवाही हुन सकेको छैन ।
बुधवार सुमार्गीले दिएको निवेदन काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले बिहीबार तोक लगाएर महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाएको बताए । रातोपाटीसँग कुरा गर्दै प्रजिअ शर्माले भने, ‘निवेदन उपर आवश्यक कारवाही गर्ने भनेर प्रहरी परिसर टेकुमा पठाएको छु, अब एसएसपी सावले रियालिटी पत्ता लगाउनुहुन्छ अनि आफ्नो अधिकार क्षेत्रमा पर्ने भए गर्नुहुन्छ नभए मलाई सोध्नुहुन्छ ।’
अजयराज सुमार्गीले जस्तै शान्तिसुरक्षा माग गर्दै दैनिक दुई–चारओटा निवेदन परिरहने जानकारी दिँदै शर्माले भने, ‘यस्ता पत्र दैनिक आइरहन्छन्, राष्ट्रिय ब्यक्तित्व भएकाले मात्र चासो भएको हो !’
प्रमुख जिल्ला अधिकारीको तोक आदेशपछि बिहीबार मध्यान्ह सुमार्गीको निवेदन महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रविन्द्र धानुकको कार्यकक्षमा पुग्यो । धानुकले पत्र खोल्नासाथ अर्को तोक लगाउँदै महानगरीय प्रहरी वृत बानेश्वरमा पठाइदिएका छन् ।
‘मैले बानेश्वर वृतमा पठाइदिएको छु’ रातोपाटीसँग कुरा गर्दैै एसएसपी धानुकले भने, ‘वृतको इन्चार्जलाई भन्देको छु, कोअर्डिनेट गर्लान् ।’
बिहीबार अफिस टाईमको लास्ट आवरमा परिसरबाट गएको पत्र पाएका बानेश्वर वृतका डिएसपी रवि पौडेलले सुमार्गीसँगको सम्पर्क प्रयासमा रहेको बताए । उनले भने, ‘हामी उहाँसँग सल्लाह गरेर आवश्यकता अनुसार सुरक्षा दिन्छौँ ।’
प्रहरी स्रोतका अनुसार सुमार्गी बिहीबार नै नेपाल बाहिर जाँदै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार प्रतिवादी पक्राउ
-
पोखरामा कहाँ घुम्ने ? यस्ता छन् महानगरले बनाएको भ्रमण प्याकेज
-
चीनको क्षेप्यास्त्र परीक्षणविरुद्ध प्रशान्त राष्ट्र एकजुट
-
युरोपेली संघको हवाई सुरक्षा सूचीबाट नेपाललाई हटाउन सांसद अधिकारीको माग
-
कोशी प्रदेशको बजेट पारित
-
संसद्मा हरिनादेवी कामीको प्रश्न– बसको रङ निलो बनाएर महिला सुरक्षित हुन्छन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण