राज कुन्द्राविरुद्ध नयाँ आरोपपत्र, पुनम पाण्डे र शर्लिन चोपडा पनि सामेल
पोर्नोग्राफी मुद्दामा बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति तथा व्यवसायी राज कुन्द्राको कठिनाइ बढ्ने देखिएको छ । महाराष्ट्र साइबर सेलले नयाँ चार्जशीटमा कुन्द्राले मुम्बईको छेउछाउका दुई पाँचतारे होटलमा अश्लील फिल्मको सुटिङ गरेको दाबी गरेको छ ।
कुन्द्राले ओटीटी प्लेटफर्ममा यी फिल्महरू बेचेर ठुलो पैसा पनि कमाएका थिए। साइबर सेलले गत साता मात्रै अदालतमा यो आरोपपत्र पेस गरेको हो । मोडल पुनम पाण्डे, शर्लिन चोपडा र फिल्ममेकर मीता झुनझुनवाला बाहेक क्यामेराम्यान राजु दुबेको नाम पनि यसमा परेको छ ।
पोर्नोग्राफी मामिलामा कुन्द्रा मुम्बईको आर्थर जेल रोडमा ६३ दिनसम्म बन्द थिए । दुई महिना जेल बसेपछि उनले गत भदौमा मात्रै सत्र अदालतबाट धरौटी पाएका थिए । साइबर सेलले गत साता शुक्रबार ४५० पृष्ठको आरोपपत्र पेस गरेको थियो । यसमा प्राइम ओटीटीका सुवाजित चौधरी र कुन्द्राका कर्मचारी उमेश कामथमाथि अनलाइन प्लेटफर्ममा ‘प्रेम पगलानी’ वेब सिरिज अपलोड गरेको आरोप लगाइको छ ।
अर्कोतर्फ पुनम पाण्डेले कुन्द्राको कम्पनी आर्मस्प्रिमसँग व्यापार सम्झौता गरेर आफ्नै मोबाइल एप ‘द पुनम पाण्डे’ बनाएको र भिडियो खिच्ने गरेको आरोप छ । यी भिडियोहरू प्रसारण गर्न कम्पनीको सहयोग पनि लिइएको थियो । यसबाहेक क्यामेराम्यान राजु दुबेमाथि अभिनेत्री शर्लिन चोपडाको भिडियो खिचेको आरोप लागेको छ । निर्माता मीता झुनझुनवालाले यी व्यक्तिहरूलाई सहयोग गरेको र प्रोत्साहन गरेको आरोप छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश
-
भारतबाट सडक मार्ग हुँदै काठमाडौँ आएका थिए बंगालादेशी, अनुसन्धान गर्दै अध्यागमन
-
वैदेशिक रोजगारीबाट फर्केका नेपालीको घाँस र कफीखेती
-
‘वार्षिक ८ लाखसम्म आफ्नै गाउँमा कमाइ हुँदो रहेछ, किन विदेश गइरहनु ? ’
-
डेरी उद्योग सङ्घमा निरञ्जन श्रेष्ठको नेतृत्व
-
तेल उत्पादनको कोटा नबढाए ओपेक छोड्नबारे विचार गर्दैछ इराक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण