तेल उत्पादनको कोटा नबढाए ओपेक छोड्नबारे विचार गर्दैछ इराक
सारांश
- इराकले आफ्नो तेल उत्पादन कोटा नबढाइए ओपेक छोड्ने चेतावनी दिएको छ ।
- कोटा वृद्धिको माग पूरा नभए कडा कदम चाल्ने इराकी अधिकारीहरूको भनाइ छ ।
- इराकको अर्थतन्त्र तेल निर्यातमा निर्भर भएकाले कोटा वृद्धि अत्यावश्यक भएको बताइएको छ ।
बग्दाद । इराकले आफ्नो तेल उत्पादन कोटा उल्लेखनीय रूपमा नबढाइए पेट्रोलियम निर्यातकर्ता देशहरूको समूह ओपेक समेत छाड्न चेतावनी दिइको छ ।
इराकले सबै विकल्पहरूबारे विचार गरेको वरिष्ठ इराकी तेल मन्त्रालयका अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले एउटा समाचार लेखेको छ । समाचार अनुसार कोटा वृद्धिको माग पूरा नभए देशले थप कडा कदमबारे विचार गर्न सक्नेछ ।
रोयटर्ससँग कुरा गरेका छुट्टाछुट्टै स्रोतहरूका अनुसार इराकी अधिकारीहरूले विगतमा ओपेक छोड्ने सम्भावनाबारे समेत छलफल गरेका थिए । यद्यपि हालको योजना भने ओपेकमै रहेर उच्च उत्पादन कोटा प्राप्त गर्ने प्रयास गर्ने रहेको बताइएको छ ।
इराकले साँच्चै ओपेकबाट बाहिरिने निर्णय गर्यो भने यसले संगठनलाई अर्काे ठूलो झट्का दिन सक्नेछ । संयुक्त अरब इमिरेट्स (यूएई)ले पनि वर्ष ओपेकबाट बाहिरिने निर्णय गरिसकेको छ । इराक ओपेकका पाँच संस्थापक सदस्यहरूमध्ये एक हो ।
इराकी अधिकारीका अनुसार इरान युद्धको प्रभाव र त्यसपछिको आर्थिक दबाबका कारण देश गम्भीर वित्तीय संकटबाट गुज्रिरहेको छ । यस्तो अवस्थामा तेल उत्पादन कोटा उल्लेखनीय रूपमा बढाउनु देशका लागि अत्यावश्यक भएको बताइएको छ । इराकको अर्थतन्त्र मुख्यतः तेल निर्यातमा निर्भर छ । उत्पादन सीमित हुँदा सरकारी आम्दानीमा असर पर्ने भएकाले बग्दादले आफ्नो कोटा पुनरावलोकन गर्न जोडदार माग गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नतिजा छिटो निकाल्ने नाममा विद्यार्थीको भविष्यमाथि खेलवाड भयो’
-
‘प्रदेश सभामा उठेका विषयहरू सम्बोधन नहुने हो भने छलफलको कुनै औचित्य छैन’
-
नाटोमाथि इरानले लगायाे यस्ताे आरोप
-
तत्कालीन निर्देशक भट्टराईको बयान- एकाधिकार तोड्न र लागत घटाउन ठेक्का दुई प्याकेजमा लगिएको हो
-
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार
-
इरान युद्ध अधिकारसम्बन्धी मतदानमा अमेरिकी सिनेट ट्रम्पकाे पक्षमा, अघिल्लो निर्णय उल्टियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण