सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

प्लेयर टू वाच : क्रिश्चियन पुलिसिक, अमेरिका

सोमबार, ०५ मङ्सिर २०७९, २३ : १५
सोमबार, ०५ मङ्सिर २०७९

पोजिसन : आक्रामक मिडफिल्डर
उमेर: २४

सन् २०१६ मा क्रिश्चियन​पुलिसिकलाई राष्ट्रिय टोलीमा पार्दै अमेरिकाले उत्कृष्ट खेलाडीलाई आफ्नो टिममा पार्न सफल भयो । सन् २०१२ मा यू–१५ राष्ट्रिय टोलीबाट आफ्नो फुटबल करियरको सुरुवात गरेको पुलिसिकले अहिले राष्ट्रिय टोलीबाट ५२ खेल खेल्दै २१ गोल गरेका छन् ।

पेन्सी भेनियाली सहरले सबैभन्दा सफल खेलाडीको रूपमा उनलाई पायो । जर्मन क्लब बोरुसिया डर्टमण्डबाट व्यावसायिक फुटबल करियरको सुरुवात गरेका उनले प्रिमियर लिग क्लब चेल्सीमा लामो समय बिताए ।

उनी सन् २०१९ मा पुनः जर्मन क्लबमा लोनमा गए । अमेरिकाका मुख्य प्रशिक्षक जर्ज ब्रेहाल्टेरले पुलिसिक टिमका लागि उत्कृष्ट खेलाडी भएको र टिमलाई उनको आवश्यकता धेरै भएको बताएका छन् । 

पुलिसिक अहिले कतारमा आफ्नो टिमलाई विश्वकपको उपाधि दिलाउने योजनामा छन् । उनले भने, ‘हामी विश्वकप जित्न चाहने मानसिकताका साथ अगाडि बढिरहेका छौँ । सोही कुरालाई हामीले फोकस गरेका छौँ । हाम्रो मुख्य लक्ष्य नै विश्वकप जित्ने छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप