५९ औँ विद्यार्थी दिवसको अवसरमा डिजिटल खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने
काठमाडौँ । नेपाली विद्यार्थी आन्दोलनको गौरवपूर्ण दिन जेठ १ गते अनेरास्ववीयू (क्रान्तिकारी) ले डिजिटल खुल्ला वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ । ५९ औँ विद्यार्थी दिवसको अवसरमा अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको आयोजनामा 'समृद्ध नेपालको आधार शिक्षा र रोजगार’ विषयक डिजिटल खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने संगठनका सचिव उपदेश यादवले जानकारी दिएका छ ।
वक्तृत्वकला प्रतियोगिताको समन्वयको जिम्मेवारी संगठनका उपाध्यक्ष पवन कार्कीलाई जिम्मेवारी दिइएको र खुल्ला डिजिटल वक्तृत्वकला प्रतियोगितामा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा अखिल (क्रान्तिकारी) का फ्याक्सन इन्चार्ज हिमाल शर्मा, त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक डा. केशव भुसाल, नेपाल प्रज्ञा परिषद्का प्राज्ञ परिषद् सदस्य बाबा बस्नेत ३ सदस्यीय निर्णायक समिति रहेको यादवले बताए ।
प्रथम हुने लाई ५९ हजार रुपैयाँ, द्वितीय हुने लाई ३९ हजार र तृतीय हुनेलाई १९ हजार रुपैयाँ पुरस्कार राशि तोकेका छन् साथै सान्त्वना पुरस्कार स्वरूप ९ हजार रुपैयाँ पुरस्कार दिइनेछ । "समृद्ध नेपालको आधार शिक्षा र रोजगार" शीर्षकमा अधिकतम समय ५ (पाँच) मिनेटको भिडियो हुनुपर्ने र उभिएर शरीरको पूर्ण भाग देखिने गरी आफ्नो विषय प्रस्तुत गरिएको (बढीमा ५ मिनेटको) वक्तृत्वको भिडियो हुनुपर्ने र प्रतियोगितामा निर्णायक समितिको निर्णय नै अन्तिम हुने सर्त रहेको छ ।
सहभागीहरूले प्रतियोगिताको निम्ति तयार गरेका भिडियो अखिल (क्रान्तिकारी) को आधिकारिक इमेल [email protected] मा वैशाख १६ गते देखि २५ गते बेलुका ७:०० बजे सम्म पठाइ सक्नु पर्नेछ । भिडियोहरू वैशाख २६ गते देखि संगठनको अफिसियल पेजमा प्रसारित गरिने र प्रसारित भएका भिडियोहरूमा वैशाख ३० गते बेलुका ११.०० बजे सम्म आएका लाइक, शेयर, भ्यूज र अनलाइन भोटिङको परिणाम लाई मात्रै मान्यता दिइने निर्णय गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा क्यानडा र मोरक्कोले खोल्न सकेनन् खाता
-
झापामा ७ लाख ६१ हजार मेट्रिकटन खाद्यान्न उत्पादन
-
अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध
-
क्वाटरफाइनल प्रवेशका लागि क्यानडा र मोरक्को आमनेसामने
-
पोर्चुगलको जङ्गलमा डढेलो, नियन्त्रणका लागि सयौँ अग्नि नियन्त्रक सक्रिय
-
दर्ता प्राप्त चिकित्सकले मात्र रेडियोलोजी सेवा दिन पाउने कानुनी व्यवस्था पालना गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण