उपनिर्वाचन
इलाममा एक उम्मेदवारले अझै खाता खोलेनन्
सोमबार, १७ वैशाख २०८१, ०८ : ०४
इलाम । प्रतिनिधि सभा अन्तरगत इलाम–२ मा भएको उपनिर्वाचनमा मतगणना जारी रहेको छ । हालसम्म २१ हजार ८१० मत गनिसकेको छ ।
अहिलेसम्म एक जना उम्मेदवारले एक मत पनि ल्याउन सकेका छैनन् । स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमको शून्य मत छ ।
यता एमाले उम्मेदवार सुहाङ नेम्वाङले २ हजार ६१८ को मतान्तर बनाएका छन् । सुहाङले ८ हजार ८९८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी डम्बरबहादुर खड्काले ६ हजार २८० मत ल्याएका छन् ।
त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ४ हजार ६३४ मत ल्याउँदा रास्वपा उम्मेदवार मिलन लिम्बु १ हजार ३०५ मत सहित चौथो स्थानमा सीमित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण