आलिया र दीपिकालाई पछि पार्दै सामन्था बनिन् ‘मोस्ट पपुलर फिमेल स्टार’
साउथ (दक्षिण भारतीय) अभिनेत्री सामन्था रुथ प्रभुले ‘मोस्ट पपुलर फिमेल स्टार’ को उपाधि हात पारेकी छन् । हालै ओरम्याक्स स्टार इन्डिया लभले जारी गरेको सबैभन्दा लोकप्रिय महिला स्टारको सूचीमा उनले शीर्ष स्थान ओगट्न सफल भएकी हुन् ।
सामन्थाले यो सूचीमा बलिउड अभिनेत्री आलिया भट्ट र दीपिका पादुकोणलाई समेतपछि पारेकी छन् । इन्डिया लभले जारी गरेको सूचीको दोस्रो स्थानमा आलिया भट्ट, तेस्रो स्थानमा नयनतारा, चौथोमा काजल अग्रवाल, पाँचौमा दीपिका पादुकोण, छैटौंमा रश्मिका मन्डन्ना, सातौमा कट्रीना कैफ, आठौंमा अनुष्का शेट्टी, नवौंमा कृति सुरेश र दशौंमा तृषा कृष्णन छन् ।
सामन्था पछिल्लो समय फिल्म ‘यशोदा’ मा देखिएकी थिइन् । उनले यो फिल्ममा निर्वाह गरेको भूमिका दर्शकले निकै रुचाएका थिए । यस बाहेक उनी पुष्पाको आइटम गीतमा पनि देखिएकी थिइन् । यो गीतबाट उनी रातारात चर्चित भइन् । दैनिक भास्कर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘स्वर्णिम र रविको फरक विचारले रास्वपामा लोकतान्त्रिक बहसको ढोका खोलेको छ’
-
युरोपको भिसा लागेको पासपोर्ट थानकोटबाट बरामद, छुटाउन ६ लाख माग्ने दुईजना पक्राउ
-
विद्यालय तहमा उपभोक्ता शिक्षा सचेतना कार्यक्रम
-
विद्यालय तहको पाठ्यक्रम प्रारूप पुनरवलोकन गर्न सुझाव माग
-
२०० करोडको सम्पत्ति शुद्धीकरण मुद्दामा ज्याकलिनले पाइनन् राहत
-
सेतो गवारोको सङ्क्रमण बढेपछि कफी किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण