चावहिलबाट ८ जना जुवाडे पक्राउ
शुक्रबार, ०९ मंसिर २०७९, २० : २८

काठमाडौं महानगरपालिका–७ स्थित चाबहिलबाट प्रहरीले ८ जना जुवाडेलाई पक्राउ गरेको छ । ४५ वर्षीय माधव लाल श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा आरोपीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
पक्राउ पर्नेमा चितवन घर भई काठमाडौं महानगरपालिका–७ चाबहिल बस्ने २८ वर्षीय रमेश घिमिरेसहित ८ जना छन् । बिहिबार साँझ गौशाला वृत्तबाट खटिएको टोलीले जुवा खालमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले जुवा खालबाट ६४ हजार ५ सय २९ रूपैयाँ नगद र तास बरामद गरेको छ । आरापीहरुबारे जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर जुवा मुद्दामा अनुसन्धान भइरहेको परिसर काठमाडौंले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टर्कीका भूकम्प पीडितका लागि संकलित राहत सामाग्री जजिरा र टर्किस एयरलाइन्सले सित्तैमा लगिदिने
-
मादी गाउँपालिका केन्द्र हेरफेरविरुद्धको रिट खारेज
-
माओवादी केन्द्रमा पुरानै कार्यविभाजन ब्युँतियो
-
अमेरिकाले नेपालमा गरेको लगानीमा भूराजनीतिक सम्बन्ध छैन : सामन्था पावर
-
‘मेडिकल शिक्षाका विषय चिकित्सा शिक्षा आयोगलाई भारी’
-
सरकारी जग्गाको संरक्षणका लागि ‘एक्सन’मा उत्रिँदै वीरेन्द्रनगर नगरपालिका