तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसकी गुरुङ विजयी

तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसकी उम्मेदवार सीता गुरुङ विजयी भएकी छन् । एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको तेह्रथुममा गुरुङले निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का विजय सुब्बालाई पराजित गरेकी हुन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार विजयी भएकी कांग्रेसकी गुरुङले १९ हजार सात सय दुई मत प्राप्त गरिन् । एमालेका उम्मेदवार सुब्बाले १८ हजार छ सय २३ मत ल्याएका छन् । दुवै जनाबीच एक हजार ७९ मतान्तर रहेको छ ।
यसअघि गुरुङ २०७४ सालको निर्वाचनमा स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङसँग दुई हजार २१ मतान्तरले पराजित भएकी थिइन्। गुरुङ दोस्रो प्रयासमा विजयी भएकी हुन्। खापुङले भने यसपटक टिकट पाएनन् ।
एमाले उम्मेदवार सुब्बा २०४८ र २०५६ सालको निर्वाचनमा निर्वाचित भएका थिए । विसं २०७४ सालको स्थानीय तह चुनावमा पाँच पालिका जितेको एमालेले गत वैशाखमा सम्पन्न पालिका चुनावमा भने तीन पालिका मात्रै जितेको छ । कुल ७१ हजार नौ सय ३३ मतदाता रहेका जिल्लामा ४१ हजार एक सय ८० जनाले मतदान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु : जेलेन्स्की
-
सुदीप न्यौपानेको परिवारलाई भेट्न पुगे भारतीय राजदूत
-
बुद्ध दर्शनको सान्दर्भिक पक्षहरूलाई आजको परिवर्तन र रूपान्तरणको काममा लगाउनुपर्छ : खनाल
-
तेस्रो एभरेस्ट राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता सम्पन्न, पलेसाको पनि सहभागिता
-
निःशुल्क आँखा परीक्षण गराउन पाउँदा वृद्धवृद्धा खुसी
-
स्वयम्भूनाथ क्षेत्रमा बौद्धमार्गीको घुइँचो, बुद्धको अस्तुधातु दर्शनका लागि राखियो