शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भिडियो विवादित भएपछि सुरवीरले मागे माफी

आइतबार, २८ वैशाख २०८२, १७ : ०१
आइतबार, २८ वैशाख २०८२

काठमाडौँ । वरिष्ठ कलाकार सुरवीर पण्डितले माफी मागेका छन् । उनले एक क्रिस्चियन प्रचार गीतमा गरेको अभिनयलाई लिएर विवाद उत्पन्न भएपछि माफी मागेका हुन् ।

माफी माग्दै उनले अबदेखि आफ्नै धर्म संस्कार र संस्कृतिको जगेर्नामा लाग्ने समेत बताएका छन् । उनले सामाजिक सञ्जाल टिकटकबाट एक भिडियो सन्देश जारी गर्दै यस विषयमा माफी मागेका हुन् ।

‘आदरणीय आमा बुवा, दाजुभाइ, दिदीबहिनी सम्पूर्णमा मेरो कोटी कोटी प्रणाम । केही दिनअगाडि मैले दुई वटा क्रिस्चियन गीत खेलेको थिएँ । हाम्रा अग्रजले भन्नुहुन्थ्यो, कलाकार बन्न चाहन्छौ भने तिमीले यो गर्दिनँ, त्यो गर्दिन भनेर भन्नु हुँदैन, जे अगाडि आउँछ त्यसलाई नै प्रसाद सम्झेर ग्रहण गर्नुपर्छ’, उनले अगाडि भने–‘त्यही अनुसार अगाडि बढियो । क्रिस्चियन गीत गरियो, तर त्यसबाट धेरै गुरुबा, गुरुआमा, गुरु–पुरोहित, बाबुआमा, दाजुभाइ दिदी बहिनीले मन दुखाउनुभएको छ ।’ 

उनले आफ्नो उद्देश्य कसैको पनि मन दुखाउने नभएको समेत स्पष्ट पारेका छन् ।  ‘सिर्फ कलाकारिता गर्नु थियो । म एकदमै हृदयदेखि क्षमा चाहन्छु । आउँदो दिनमा हजुरहरूको आशीर्वाद लिएर हजुरहरूले भनेजस्तै हाम्रो धर्म संस्कार, संस्कृतिको जगेर्ना गर्दै देशले गर्व गर्न सक्ने काम गर्न सकूँ’ उनले थपे ।

केही दिन अगाडि सुरवीर र अर्का वरिष्ठ कलाकार रामचन्द्र अधिकारीको अभिनय रहेको ‘बेला छँदै आऊ’ को गीत सार्वजनिक भएको थियो । गीतको भिडियो धार्मिक विद्वेष फैलाउने खालको भएको भन्दै सुरवीर र रामचन्द्रमाथि सामाजिक सञ्जालमा गालीको वर्षा भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप