तेस्रो एभरेस्ट राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता सम्पन्न, पलेसाको पनि सहभागिता
वासिङ्टन । संयुक्त राज्य अमेरिकाको मेरिल्यान्डमा नेपालीद्वारा सञ्चालित तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ। सीसीबीसी क्याटोन्सभिल कम्युनिटी कलेज जिमनाजीएम बाल्टिमोरमा आयोजना भएको ‘तेस्रो एभरेस्ट राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता’ शनिबार समापन गरिएको हो ।
संयुक्त राज्य अमेरिकाका विभिन्न राज्यहरूबाट ४५२ जना खेलाडीहरूले सहभागिता लिएको उक्त प्रतियोगिताका निर्देशक तथा एभरेस्ट वर्ल्ड क्लास तेक्वान्दो सञ्चालक वरिष्ठ मास्टर कुमार कार्कीले जानकारी दिए । यस वर्ष खुलातर्फ पेन्सेलभेनियाको हिङ्गम्याङ्ग तेक्वान्दोले ३५ वटा स्वर्ण,२६ वटा रजत तथा २४ वटा कांस्य पदक सहित टोली प्रतियोगितामा बिजयी बन्न सफल भएको छ । त्यस्तै एभरेस्ट तेक्वान्दो ल्यानकास्टरले ३३ स्वर्ण,२१ रजत तथा १६ कांस्य पदक सहित जित्यो ।

त्यस्तै गरि वर्ल्ड क्लास डिभिजन(विश्व श्रेणी विभाजन)मा मेरिल्याण्डको मोसा तेक्वान्दोले ९ स्वर्ण ,७ रजत तथा ३ कांस्य सहित टोली ग्रान्ड विजेता बन्यो । मेरिल्याण्डको युएस तेक्वान्दोले ७ स्वर्ण , ७ रजत तथा ६ कांस्य सहित दोस्रो स्थान हात पार्यो ।
प्रतियोगितामा ८ जना अन्तर्राष्ट्रिय निर्णायक (रेफ्री )तथा २७ जना राष्ट्रिय निर्णायक (रेफ्री)हरू प्रतिस्पर्धामा निर्णायकको भूमिकामा रहेका थिए । प्रतियोगिताको अध्यक्षता ग्राण्डमास्टर एचके लीले गरेका थिए भने त्यस्तै ग्राण्डमास्टर जोन हलोवे निर्णायकका अध्यक्षता गरेका थिए । निर्णायकहरूमा ग्राण्डमास्टर से यङ चाङ र ग्राण्डमास्टर चुओङ फाम रहेका थिए ।
विशेष पाहुनाहरूमा ग्राण्डमास्टर से यङ चाङ ,नेपाल दूतावासका उप प्रमुख शरद राज आरन, बाल्टिमोर काउन्टीका कार्यकारीका प्रतिनिधि इवान टालियाफेरो तथा नेपालका लागि २०२४ पेरिस प्यारालम्पिकमा ऐतिहासिक पदक जित्ने प्याराओलम्पियन पलेसा गोवर्धनको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण