इलाम–२ मा नेम्वाङले फेरि बनाए अग्रता
शनिबार, १० मङ्सिर २०७९, १४ : ५७

इलाम २ को प्रतिस्पर्धा रोचक हुँदै आएको छ । सो क्षेत्रमा एमालेका उपाध्यक्ष समेत रहेका सुवास नेम्वाङ र सत्ता गठबन्धनले कांगेसबाट उम्मेदवार बनाएका डम्बरबहादुर खड्काबीच प्रतिस्पर्धा भएको छ ।
जारी मतगणनामा कहिले खड्का अगाडि लाग्दै आएका छन् भने कहिले नेम्वाङ अगाडि लाग्दा प्रतिस्पर्धा रोचक बनेको हो । शनिबार दिउँसो साढे २ को नतिजा अनुसार नेम्वाङले १३० मतले अग्रता बनाएका छन् । नेम्वाङले २९ हजार १३५ मत ल्याउँदा कांग्रेसका खड्का २९ हजार ५ मत ल्याएर पछ्याइरहेका छन् । सो क्षेत्रको मत गणना आज साँझसम्म सकिने निर्वाचन आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेवारिसे सवारी साधन हटाउँदै वीरगञ्ज महानगर
-
रोहित शर्मालाई पछ्याउँदै टेस्ट क्रिकेटबाट विराट कोहलीको पनि सन्न्यास
-
अर्को वर्ष अन्तर्राष्ट्रियस्तरको बुद्ध जयन्ती कार्यक्रमको आयोजना गर्ने प्रधानमन्त्रीको घोषणा
-
बुद्ध दर्शन अझै महत्त्वपूर्ण र आवश्यक बन्दै गएको छ : मुख्यमन्त्री आचार्य
-
संसद भवन निर्माणको म्याद पाँचौँ पटक थपिँदै, राज्यलाई ६० करोड व्ययभार
-
आज किराँत समुदायले उँभौली पर्व मनाउँदै