एमसीसी अन्तर्गतको ३१५ किलोमिटर लामो प्रसारणलाइन निर्माणको ठेक्का आह्वान, २०२८ सम्ममा सक्ने लक्ष्य
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए)ले विद्युतीय प्रसारण लाइन निर्माणको काम अघि बढाएको छ । एमसीए नेपालले आज विद्युत् प्रसारणलाइन निर्माणको ठेक्का आह्वान गर्दै आयोजनाको काम अघि बढाएको हो ।
आयोजनाले आज प्रसारणलाइन निर्माणको लागि ३ चरणको ठेक्का आह्वान गरेको छ । पहिलो चरणमा लप्सिफेदी–रातामाटे–हेटौँडा ४०० केभी (१७७ किलोमिटर)को प्रसारणलाइन निर्माणको ठेक्का आह्वान गरिएको छ । यस्तै, दोस्रो चरणमा रातामाटे–दमौली ४०० केभी (९० किलोमिटर)को र तेस्रो चरणमा दमौली–बुटवल ४०० केभी (१०८ किलोमिटर)को प्रसारणलाइन निर्माणको ठेक्का आह्वान भएको छ । आयोजनाले कूल ३१५ किलोमिटर लामो प्रसारणलाइन निर्माण गर्नेछ ।
आज आह्वान भएको ठेक्कामा यही वर्षको अन्त्यसम्म अर्थात् चैत २९ गतेसम्ममा आवेदन दिनुपर्ने एमसीए नेपालको कार्यालयले जनाएको छ । ठेक्का पाउने कम्पनीले आयोजनाको डिजाइन, सप्लाई, डेलिभरी, इन्सटलेसन, टेष्टिङ र कमिनसिङ गर्नुपर्ने एमसीए नेपालको कार्यालयले जनाएको छ ।
आगामी ५ वर्षमा निर्माण सक्नुपर्ने आयोजनाको रूपमा रहेको यो प्रसारणलाइनको निर्माण सन् २०२८ मा सम्पन्न गर्नुपर्ने बताइएको छ । आयोजनामा कूल ८८६ वटा टावर निर्माण हुनेछन् भने यसका लागि करिब २ लाख १२ हजार वटा रुख काट्नुपर्ने छ । यो आयोजना अन्तर्गतको प्रसारणलाइन काठमाडौँ–सिन्धुपाल्चोक–नुवाकोट–धादिङ–मकवानपुर–चितवन–तनहुँ–पाल्पा–नवलपुर र परासी हुँदै भारततर्फ जानेछ ।
४०० केभी डबल सर्किटको प्रसारणलाइनले ३००० मेगावाटसम्म विद्युत् प्रवाह गर्न सक्नेछ । यो प्रसारणलाइन निर्माण सम्पन्न भएपछि भारततर्फ विद्युत् व्यापारका लागि नेपालको दोस्रो प्रसारणलाइन हुनेछ । र, यसका लागि ११४ मिलियन अमेरिकी डलर खर्च लाग्ने एमसीए नेपालको आङ्कलन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर