शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सुनसरी-४ मा आजबाट पुन: मतगणना सुरु गर्ने तयारी

मङ्गलबार, १३ मङ्सिर २०७९, ०६ : ४९
मङ्गलबार, १३ मङ्सिर २०७९

सुनसरी ४ को मतगणना आजबाट सुरु हुने भएको छ । शनिबारदेखि स्थगित भएको मतगणना सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने तयारी गरिएको छ । 

सुनसरी-४ मा कांग्रेसबाट उम्मेदवार बनेका सञ्चारमन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले ६०६ मत गडबड भएपछि पुनः मतगणनाको माग गर्दै आयोगमा निवेदन दिएका थिए । तर, आयोगले पुनः मतगणना नभइ अहिलेसम्म गणना भएको बाहेक बाँकी मत गणना गर्न निर्देशन दिएको छ । 

अहिलेसम्म ६० हजार बढी मतगणना हुँदा नेकपा एमालेका जगदीशप्रसाद कुसियतभन्दा  कार्कीले ९८ मतले अगाडि छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप