सुनसरी ३ (२) बाट एमालेका रामदेव यादव विजयी
मंगलबार, १३ मंसिर २०७९, १८ : १२

सुनसरी क्षेत्र नम्बर ३ (२) बाट नेकपा एमालेका रामदेव यादव प्रदेशसभा सदस्यमा विजयी भएका छन । उनले कांग्रेसका विन्देश्वर यादवलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।
रामदेवले १९ हजार ४७९ मत ल्याइ विजयी भएका हुन् भने निकटतम प्रतिद्वन्द्वी विन्देश्वरले १८ हजार ८९१ मत ल्याए ।