शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनेत्री रबिना टण्डन गाडी सफारी गर्दै बाघको नजिक पुगिन्, छानबिनको आदेश

बुधबार, १४ मङ्सिर २०७९, १० : २४
बुधबार, १४ मङ्सिर २०७९

मध्य प्रदेशको सतपुरा टाइगर रिजर्भका अधिकारीहरूले फिल्म अभिनेत्री रविना टन्डनसँग सम्बन्धित मुद्दामा अनुसन्धान सुरु गरेका छन् । सफारीको क्रममा रबिना टन्डनको गाडी एक बाघ नजिकै आएको भिडियो सार्वजनिक भएपछि उक्त अनुसन्धान सुरु गरिएको हो ।

समाचार एजेन्सी पीटीआईले एक अधिकारीलाई उद्धृत गर्दै यसको पुष्टि गरेको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा सफारी गाडी बाघ नजिकै आएको देखिन्छ । यसै क्लिपमा क्यामेराको शटरको आवाज सुनिएको छ र एउटा बाघ क्यामराको पछाडि बसिरहको मानिसमाथि गर्जिरहेको देखिन्छ । यो घटना मध्य प्रदेशको नर्मदापुरम जिल्लाको सतपुरा टाइगर रिजर्भको हो ।

वनका उप–विभागीय अधिकारी (एसडीओ) धीरज चौहानले पीटीआईसँगको कुराकानीमा वरिष्ठ अधिकारीहरूको निर्देशनमा यस  विषयमा अनुसन्धान सुरु गरेको जानकारी दिए ।

उनका अनुसार रबिना टन्डन नोभेम्बर २२ मा टाइगर रिजर्भमा आएकी थिइन्, यति बेला उनको वाहन बाघको नजिकै गएको थियो ।

उनले यस विषयमा सवारी चालक र ड्युटीमा रहेका कर्मचारीलाई सूचना पठाएर सोधपुछ गरिने पनि बताए ।

रबिना टन्डनले सतपुरा टाइगर रिजर्वका केही तस्बिरहरू आफ्नो सोशल मिडिया ह्यान्डलमा सेयर गरेकी छिन् । उनले आफूले खिचेका बाघको तस्बिर पनि सेयर गरेकी छिन् ।

रविना टण्डनको तर्फबाट अहिलेसम्म कुनै प्रत्यक्ष बयान आएको छैन, तर बुधबार राति उनले सतपुरा टाइगर रिजर्वसँग सम्बन्धित अर्को समाचार साझा गर्दै ट्वीट गरिन्, ‘बाघले कहिले के गर्नेछन् भनेर तपाईंले कहिल्यै भविष्यवाणी गर्न सक्नुहुन्नँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप