गृहमन्त्री र विप्लव नेतृत्वको नेकपाबीच भेटवार्ता
गृहमन्त्री बालकृष्ण खाँण र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच भेटवार्ता भएको छ । बिहीबार सिंहदरबारमा भएको भेटवार्तामा नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहभागी थिए ।
भेटमा यसअघि दुई पक्षबीच भएको सहमति कार्यान्वयन गर्ने विषयमा कुराकानी भएको गृहमन्त्री खाँणको सचिवालयले जनाएको छ । भेटमा पूर्व कानुन मन्त्री गोविन्द बन्दी, महान्यायाधिवक्ता खम्मबहादुर खाती र गृह सचिव विनोदप्रकाश सिंह सहभागी थिए ।
भेटमा नेकपासँग सम्बन्धित मुद्दा छिटो टुङ्ग्याउन अहिलेसम्म भएका प्रगतिबारे छलफल भएको थियो । विप्लव समूहसँग भएको सहमति अनुसार मुद्दा टुङ्ग्याउन २०७९ भदौ २१ मा बसेको मन्त्रिपरिषद्ले गृह मातहतमा रहेका मुद्दा प्रशासनिक प्रक्रिया र अदालती प्रक्रियामा पुगेका मुद्दालाई टुङ्ग्याउन कानुन संशोधन गर्ने निर्णय गरेको थियो ।
गृहमन्त्री खाँणले नेकपाका नेताहरूसँग भएको सहमतिका आधारमा सरकारले गरेको निर्णय कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । ‘सरकारको निर्णय कार्यान्वयन गर्न प्रतिबद्ध छौँ,’ गृहमन्त्री खाँणले भने–‘केही प्रशासनिक तवरबाट हुने निर्णय भइसकेका छन्, अदालती प्रक्रियामा गएका मुद्दाहरूबारे पनि प्रक्रिया अगाडि बढिसकेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?