असली हिमालीले ल्यायो ‘अल इन वान वास’

असली हिमाली कम्पनीले प्राकृतिक रूपबाट बनेको ‘अल इन वान वास’ साबुन बजारमा सार्वजनिक गरेको छ । आफ्ना उत्पादनलाई उत्कृष्ट पहिचान दिलाउन सफल कम्पनीले प्राकृतिक जडिबुटी तथा वनस्पतिबाट उत्पादन गरेको साबुन बजारमा ल्याएको हो ।
एउटै अल इन वान वासमा नुहाउने साबुन, स्याम्पू, कण्डिसनर, सेभिङ र फेसवास सबैको काम गर्ने कम्पनीले जनाएको छ । यो खर्चका हिसाबले पनि एकदमै सस्तो मानिएको छ । अहिले बजारमा उपलब्ध विभिन्न साबुन, स्याम्पू, कण्डिसनर, सेभिङ र फेसवास कम्तीमा पनि १ हजार रूपैयाँ भन्दा माथिका छन् । असली हिमालीको अल इन वान वासले प्रतिस्थापन गर्दै गएको कम्पनीको दाबी छ ।
असली हिमालीले रसायन तथा कुनै पनि हानिकारक तत्व नमिसाइएको उत्पादन : साबुन, स्याम्पू, कण्सिनर, जिउ र कपालमा लगाउने तेल, मुखमा लगाउने स्क्रब, सेभिङ बार र फेसवास आम उपभोक्ताको लागि ल्याएको हो । नेपाली कृषि उत्पादन प्रयोग गरिएको मुस्ली, इनर्जी बार, नेचूरल भिटामीन– सी कयान्डि र अरु खाद्य उत्पादनमध्ये चिया, मह, हुम्ली नुन, बेसार, मसला मिश्रण, सुकेको मुस्ताङ स्याउ र खुरपानी आदि आम उपभोक्ता बीच लोकप्रिय बन्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई हर्कको सुझाव : सरकार छाडेर प्रतिपक्षमा बस्नुस् !
-
सीतापाइला दुर्घटना : मृत्यु हुनेको संख्या २ पुग्यो
-
केदारनाथ मन्दिर हिउँले ढाकियो
-
अफगानिस्तानमा कडा जाडाका कारण १६८ जनाको मृत्यु
-
परराष्ट्रमन्त्रीको श्रीलंका भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
-
एकीकृत समाजवादीले देशको आर्थिक संकटबारे प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउने