सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

कार्यकर्तालाई इमानदार बन्न एमाले अध्यक्ष ओलीको आग्रह

बुधबार, २६ वैशाख २०८१, २० : ००
बुधबार, २६ वैशाख २०८१

कपिलवस्तु । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका कार्यकर्तालाई इमानदार भई संगठन विस्तारमा लाग्न आह्वान गेका छन् । 

एमाले कपिलवस्तुको दशौँ जिल्ला अधिवेशनलाई बुधबार सम्बोधन गर्दै उनले कार्यकर्ता इमानदार भएमा नेतृत्व इमानदार हुने र पार्टी संगठन पनि थप गतिशिल हुने बताए ।

कपिलवस्तुको चन्द्रौटामा आयोजित अधिवेशनलाई सम्बोधन गर्नेक्रममा अध्यक्ष ओलीले पार्टीभित्र गुटबन्दी नगरी मिसन ८४ पूरा गर्नु सबैको दायित्व भएको बताए ।  उनले भने, “यसको लागि आजैका दिनदेखि नेता, कार्यकर्ता एक ढिक्का भएर अघि बढ्नुपर्छ ।”

उनले बुद्धको स्थल कपिलवस्तुको समग्र विकासमा जोड दिएको जनाउँदै यसको ज्वलन्त उदाहरण हुलाकी राजमार्ग भएको बताए । अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने एमाले आयोजक कमिटीले जनाएको छ । अध्यक्ष ओलीले बुधबार कपिलवस्तुको विजयनगर गाउँपालिका निर्माण भएको १५ शय्याको अस्पताल उद्घाटन गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप