मलेसियामा मन्त्रिपरिषद विस्तार

मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले शुक्रबार आफ्नो मन्त्रिपरिषद विस्तार गरेका छन् । देशको सबै भागलाई प्रतिनिधित्व गराउने अभिप्रायले दुईजना उपप्रधानमन्त्री नियुक्त गरेका छन् । एक टेलिभिजन भाषणमा प्रधानमन्त्री अन्वरले अर्थमन्त्रीको जिम्मेवारी भने आफैले सम्हाल्ने छन् । उनले सन् १९९१ देखि १९९८ सम्म पनि सो जिम्मेवारी सम्हालेका थिए।
युनाइटेड मलेस नेसनल अर्गनाइजेसन (युएमएनओ) का अध्यक्ष अहमद जाहिद हमीदी र उत्तरी बोर्नियो राज्य सारावाकका फदिल्लाह युसुफलाई उपप्रधानमन्त्री तोकेका छन् । प्रधानमन्त्री अन्वरले यसअघि उत्तरी बोर्नियो राज्य सबा र सारावाकलाई बढी प्रतिनिधित्व दिने वाचा गरेका थिए।
अन्य प्रमुख मन्त्रीहरूमा यातायात मन्त्रालयको प्रमुख एन्थोनी लोक सिउ फुक, अन्तर्राष्ट्रिय व्यापार तथा उद्योग मन्त्री टेङ्कु जाफ्रुल टेङ्कु अब्दुल अजिज र विदेशमन्त्री जाम्ब्री अब्दुल कादिर लगायतका रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सभा उपनिर्वाचनको अङ्कगणित : एमाले ढुक्क, कांग्रेस चलखेलको प्रयासमा
-
यस्तो छ क्रिकेट खेलाडीको नयाँ वर्गीकरण, को कुन ग्रेडमा ?
-
सन्दीपको निलम्बन फुकुवा : के भएको थियो बोर्ड बैठकबाट निर्णय पारित हुँदा ?
-
नेपाली काँग्रेस लुम्बिनीमा २१ वटा विभाग गठन , कोको समेटिए ?
-
परराष्ट्र नीतिलाई समयसापेक्ष बनाउन परामर्श गरिनेछ : परराष्ट्रमन्त्री पौड्याल
-
भारत सरकारले ल्यायो ४५ लाख करोड भारुको बजेट, कस्ता छन् योजना ?