उकेरा डटकमको सिएमएसमा प्रवेश गरी सामग्री हटाउनेलाई कारबाही गर्न महासंघको माग
पाथसिड नेपाल प्रालि द्वारा सञ्चालित उकेरा डटकमको सिएमएसमा प्रवेश गरी प्रकाशित सामग्री हटाएकोप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
उक्त प्रालिका अनुसार उपराष्ट्रपति नन्दकिशोर पुनका पुत्र दीपेश पुनको सहकारीसम्बन्धी समाचार, स्वतन्त्र पार्टी नेपालका अध्यक्ष रवि लामिछानेको नागरिकतासम्बन्धी केही समाचार र सुकुम्बासीसम्बन्धी समाचार हटाइ अन्य असम्बन्धित समाचार पोष्ट गरिएको छ ।
प्रकाशित समाचारमाथि चित्त नबुझे खण्डन गर्ने, प्रेस काउन्सिलमा उजुरी दिने र अदालतसम्म जाने विकल्प हुँदाहुँदै प्रविधिको दुरुपयोग गरी सिएमएसमा प्रवेश गरी प्रकाशित समाचार हटाउने कार्यले प्रेस स्वतन्त्रतामाथि गम्भीर आघात पुग्नुका साथै साइबरसम्बन्धी कानुनकोसमेत गम्भीर उल्लङ्घन भएको महासंघको भनाई छ ।
सचिव पवन आचार्यद्वारा विज्ञप्तिमा भनिएको छ, ‘महासंघ प्रेस स्वतन्त्रताविरोधी यस्ता कार्यको कडा विरोध र भत्र्सना गर्दछ । र, कानुनविपरीत यस्ता कार्य गर्नेमाथि छानबिन गरी कारबाही गर्न तथा भविष्यमा यस्ता कार्य दोहोरिन नदिन सम्बन्धित पक्षसँग जोडदार माग गर्दछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमन नीतिको मारमा विश्वकप: ट्रम्पसामु लाचार फिफा
-
अमेरिकी हेलिकप्टर खसालेपछि इरानमाथि अमेरिकाको जवाफी आक्रमण
-
कैलालीमा युवकको कुटपिट गरी हत्या, दुई जना पक्राउ
-
झापामा नक्कली प्रहरी बनेर लुटपाट गर्ने दुई जना लागुऔषधसहित पक्राउ
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
आज अन्तर्राष्ट्रिय सभ्यताबिच संवाद दिवस मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण