पत्रकार एलनमाथि हातपात गर्नेलाई कारबाही गर्न माग
समाजवादी प्रेस संगठन नेपालका उपमहासचिव रामकुमार एलनमाथि हातपात भएको छ । सञ्चारमाध्यम तथा विभिन्न सामाजिक सञ्जालमार्फत आफ्ना नेताविरुद्ध समाचार लेखेको आरोप लगाउँदै आइतबार राति ९:५० को समयमा हेटौँडा उपमहानगरपालिका वडा नं. २ स्थित पल्पसा सदनमा एलनमाथि सांघातिक हातपात भएको संगठनले जनाएको हो ।
महासचिव भूपराज खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ आफूलाई नेपाली कांग्रेसका नेता तथा प्रदेश सांसद इन्द्र बानियाँको समर्थक बताउने राजेश भेट्वालसहितका करिब २० / २२ जनाको जत्थाले गए राति उहाँमाथि आक्रमण गरेको हो । पत्रकार एलनको उद्धार गर्न पुग्नुभएका नेपाल पत्रकार महासंघ, बागमती प्रदेश समितिका महासचिव कृष्ण सारु मगरमाथि पनि उक्त जत्थाले आक्रमण गरेको छ । महासचिव मगर पनि सामान्य घाइते हुनुभएको छ भने पत्रकार एलनको देब्रे कान र दाहिने गालामा गम्भीर चोट लागेको छ ।’ संगठनले घटनाको घोर भर्त्सना गर्दै दोषीमाथि कारबाहीको माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडक अलपत्र पार्ने ठेकेदारलाई कालोसूचीमा राख्न माग
-
सरकारको नीति तथा कार्यक्रममा टीआरसी मुद्दाले फेरि पायो निरन्तरता
-
विद्युतीय प्रणालीमा १६ लाख ७८ हजार कृषक घरधुरी सूचीकृत
-
एकीकृत समाजवादीको केन्द्रीय कमिटी : १२ समूहमा छलफल
-
‘पालिका जस्तो पनि प्रदेश चलेन’
-
नीति तथा कार्यक्रममा शिक्षा : शिक्षकलाई मासिक तलबसहित के–के विषय समेटिए ?