शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सत्ताको भागबण्डा गर्न निर्वाचन आयोगलाई कुर्दै गठबन्धन

सोमबार, १९ मङ्सिर २०७९, १८ : ०९
सोमबार, १९ मङ्सिर २०७९

निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न भएको आम निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक गरेपछि सत्ताको भागबण्डाबारे छलफल सुरु गरिने लोकतान्त्रिक-वाम गठबन्धनले जनाएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले निर्वाचन आयोगले अन्तिम मतपरिणाम सार्वजनिक गरेर राष्ट्रपतिलाई प्रतिवेदन बुझाएपछि औपचारिक रुपमा सत्ताको भागबण्डाबारे छलफल गर्ने निर्णय गरेको हो । 

‘अहिले निर्वाचन आयोगले अन्तिम मतपरिणाम सार्वजनिक गरेर राष्ट्रपतिलाई बुझाइसकेको छैन । अहिले नै सत्ताको बागबण्डाबारे छलफल गर्नुको औचित्य छैन’, माओवादी केन्द्रका महासचिव देव गुरुङले रातोपाटीसँग भने, ‘विगतमा निर्वाचन आयोगले ढिलो गरेर राष्ट्रपतिलाई बुझाएको नजिर छ । त्यसैले हामीले गठबन्धनमा सत्ता भागबण्डाबारे निर्वाचन आयोगलाई कुरिरहेका छौँ ।’

यद्यपिअहिलेको गठबन्धनलाई आगामी सरकार गठन गर्दा पनि निरन्तरता दिने विषयमा भने आजको बैठकमा समझदारी भएको गुरुङको भनाइ छ । अहिलेकै गठबन्धनलाई निरन्तरता दिएर आपसी समझदारीमा भागबन्डा गरिने गुरुङले बालुवाटार बैठकपछि जानकारी दिए । 

उनका अनुसार बैठकले चुनावको प्रारम्भिक समीक्षा गर्नुका साथै निर्वाचन आयोग र सरकारलाई निर्वाचन सफल बनाएकोमा धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ । 


बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता प्रकाश शरण महत, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, माओवादीका अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीमा अध्यक्ष माधव नेपाल, जनमाेर्चाकी दुर्गा पाैडललगायत सहभागी थिए। बैठकमा लाेसपालाई भने बाेलाइएकाे थिएन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप