टर्कीमा हुने रुस–युक्रेनबिचको वार्तामा सहभागी हुने सोचमा छन् ट्रम्प
काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रुस र युक्रेनबिच टर्कीमा हुने वार्तामा सहभागी हुने सोचमा छन् । तीन वर्षदेखि युक्रेनमा जारी युद्ध अन्त्य गर्न अमेरिकाले दुवै देशमाथि दबाब बढाइरहँदा बिहीबार दुवै देश वार्तामा बस्दैछन् ।
यस हप्ता ट्रम्प खाडी क्षेत्रको भ्रमणमा निस्कँदै छन् । यस क्रममा उनी सबैभन्दा पहिले साउदी अरब छिर्नेछन् । यहाँबाट संयुक्त अरब इमिरेट्स गएर उनको भ्रमण कतारमा पुगेर टङ्गिनेछन् ।
दोस्रो पटक राष्ट्रपतिको कार्यभार सम्हालेपछि यो ट्रम्पको पहिलो विदेश भ्रमण हो । ‘उपयोगी हुनेछ भन्ने आफूलाई लाग्यो भने म टर्कीतिर जान पनि सक्छु,’ उनले भनेका छन् । बिहीबार टर्कीमा रुस र युक्रेनबिच हुने बैठकबाट राम्रो नतिजा निस्कन सक्ने आशामा ट्रम्प छन् ।
‘मलाई थाहा छैन बिहीबार म कहाँ हुनेछु । मैले यति धेरै भेटघाट गर्नु छ । तर मैले साँच्चै नै त्यहाँ जानेबारे सोचिरहेको छु । काम बन्छ जस्तो मलाई लाग्यो भने यस्तो हुन सम्भावना पनि छ ।’ उनले भने ।
ट्रम्पको यो अभिव्यक्ति लगत्तै आफ्नो देशले उनको उपस्थितिको सराहना गर्ने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भनेका थिए । आफू र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच प्रत्यक्ष वार्ताको लागि ट्रम्पले गरेको अनुरोधलाई पनि आफले समर्थन गरेको जेलेन्स्कीको भनाइ थियो ।
मस्कोले अहिलेसम्म पनि पुटिन वा अन्य कुनै रुसी अधिकारी बिहीबारको वार्तामा जान्छ कि जाँदैन भनेर पुष्टि गरेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण