स्पेनलाई हराउँदै मोरक्को पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा
मङ्गलबार, २० मङ्सिर २०७९, २३ : ३९
मोरक्को पहिलो पटक विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा स्पेनलाई पेनाल्टी सुट आउटमा गोल ३–० गोल अन्तरले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
पेनाल्टीमा मोरक्कोका लागि अब्देलामिद साबेरी, हाकिम जियाज र आर्चिफ हाकिमीले गोल गरे । यता स्पेनका लागि पाब्लो साराबिया, कालोर्स कोलेर र सर्जियो बुस्केटले पेनाल्टी मिस गरे । यसअघि खेलमा दुबै टोलीले गोलरहित बराबरी खेलेका थिए ।
एजुकेसन सिटी स्टेडियममा दुई टोलीबीचको खेल निर्धारित समयमा गोलरहित बराबरीमा सकिँदा अतिरिक्त समयमा थपिएको थियो । अतिरिक्त समयमा पनि दुवै टोलीले गोलरहित बराबरी खेल्दा खेल पेनाल्टी सुट आउटमा गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाममा सुहाङ नेम्वाङको अग्रता कायमै
-
इङ्ल्याण्डमा हुने फुटबलबाट सिक्नेछौँ : कप्तान लिम्बू
-
आगलागी र डढेलोबाट नागरिकको जीउधनको सुरक्षा गर्न आयोगको माग
-
बसमा आगलागी, जलेर पूर्णरुपमा नष्ट
-
लगानी प्रवर्द्धनको वातावरण सृजना गरिनेछ : अध्यक्ष ओली
-
नेपालमा लगानी बढाउन विदेशी लगानीकर्ताहरूसँग उपप्रधानमन्त्री लामिछानेको आग्रह