सरकारमा जान प्रभु साह समूह संवादमा
नेकपा एमाले छोडेर स्वतन्त्र भएका प्रभु साह समूह सरकारमा जान सत्ता गठबन्धनका नेताहरुसंग भेटघाट बढाएका छन् । प्रभु समूहबाट प्रतिनिधि सभामा साहसहित किरणकुमार साह र कांग्रेस छोडेका अमरेशकुमार सिंह जोडिएका छन् ।
प्रभुले आफ्नै नेतृत्वमा पार्टी बनाएर सत्ता गठबन्धन नेतृत्वको सरकारमा जाने तयारी गरेका हुन । ‘प्रभु जीहरुलाई माओवादी सहित सत्ता गठबन्धन सघाएर निर्वाचित हुनुभयो । उहाँहरु सरकारमा जान नेताहरुसंगको भेटघाटमा हुनुहुन्छ’ एक माओवादी पदाधिकारीले भने,‘कुन मन्त्रालय कति जना जाने भन्ने फिक्स छैन । उहाँ सरकारमा जान सकारात्मक हुनुहुन्छ ।’ साहले माओवादी अध्यक्ष प्रचण्ड सहित एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित कांग्रेसका नेताहरुलाई समेत भेटघाटगरी सकेका छन् ।
माओवादीले रौतहट ३ बाट रवीन्द्र पट्टेललाई कारवाही गरेर साहलाई निर्वाचित गराउन भुमिका खेलेको थियो । त्यसैले अधिकांश माओवादी नेताहरु साह माओवादीमा जोडिने बताउँदै आएका छन् । यद्दपी उनी माओवादीमा फर्किने भन्दा आफ्नै नेतृत्वमा पार्टी गठन गर्ने तयारीमा लागेका छन् ।
साहले लगातार चार पटक निर्वाचन जितिसकेका छन् । उनले तीन निर्वाचन माओवादीबाट र एक स्वतन्त्रबाट जितेका हुन् । चार पटक सांसद भएका शाह चार पटक नै मन्त्री भइसकेका छन् । अब साह पाँचौ पटक मन्त्री हुन गठबन्धनका नेताहरुसंग भेटघाट जारी राखेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण