सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारमा जान प्रभु साह समूह संवादमा

बुधबार, २१ मङ्सिर २०७९, ११ : ५३
बुधबार, २१ मङ्सिर २०७९

नेकपा एमाले छोडेर स्वतन्त्र भएका प्रभु साह समूह सरकारमा जान सत्ता गठबन्धनका नेताहरुसंग भेटघाट बढाएका छन् । प्रभु समूहबाट प्रतिनिधि सभामा साहसहित किरणकुमार साह र  कांग्रेस छोडेका अमरेशकुमार सिंह जोडिएका छन् ।

प्रभुले आफ्नै नेतृत्वमा पार्टी बनाएर सत्ता गठबन्धन नेतृत्वको सरकारमा जाने तयारी गरेका हुन । ‘प्रभु जीहरुलाई माओवादी सहित सत्ता गठबन्धन सघाएर निर्वाचित हुनुभयो । उहाँहरु सरकारमा जान नेताहरुसंगको भेटघाटमा हुनुहुन्छ’ एक माओवादी पदाधिकारीले भने,‘कुन मन्त्रालय कति जना जाने भन्ने फिक्स छैन । उहाँ सरकारमा जान सकारात्मक हुनुहुन्छ ।’ साहले माओवादी अध्यक्ष प्रचण्ड सहित एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित कांग्रेसका नेताहरुलाई समेत भेटघाटगरी सकेका छन् ।

माओवादीले रौतहट ३ बाट रवीन्द्र पट्टेललाई कारवाही गरेर साहलाई निर्वाचित गराउन भुमिका खेलेको थियो । त्यसैले अधिकांश माओवादी नेताहरु साह माओवादीमा जोडिने बताउँदै आएका छन् । यद्दपी उनी माओवादीमा फर्किने भन्दा आफ्नै नेतृत्वमा पार्टी गठन गर्ने तयारीमा लागेका छन् । 

साहले लगातार चार पटक निर्वाचन  जितिसकेका छन् । उनले तीन निर्वाचन माओवादीबाट र एक स्वतन्त्रबाट जितेका हुन् ।  चार पटक सांसद भएका शाह चार पटक नै मन्त्री भइसकेका छन् । अब साह पाँचौ पटक मन्त्री हुन गठबन्धनका नेताहरुसंग भेटघाट जारी राखेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप