आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

इस्लिङ्टन कलेजका १००१ जना विद्यार्थी दीक्षित

आइतबार, २५ मङ्सिर २०७९, १७ : ३४
आइतबार, २५ मङ्सिर २०७९

कमलपोखरीस्थित इस्लिङ्टन कलेनका १००१ जना विद्यार्थी दीक्षित भएका छन् । स्नातक र स्नातकोत्तर तहका विभिन्न विषय अध्ययन गरेका विद्यार्थीहरू दीक्षित भएका हुन् । दीक्षान्त समारोहमा स्नातकोत्तर तह अन्तर्गत एमएस्सी आईटी एण्ड एप्लाईड सेक्युरिटी विषय अध्ययन गरेका ७२ जना विद्यार्थी दीक्षित भएका छन् ।

त्यस्तै विजनेश विषयमा स्नातक तह उत्तीर्ण गर्ने ९४ जना र आईटी तह उत्तीर्ण गर्ने ८३५ जना गरी स्नातह तहका ९२९ जना विद्यार्थी दीक्षित भएका छन् ।  कलेजले शनिवार र आईतबार गरेर दुई दिन दिक्षान्त समारोहको आयोजना गरेको थियो । समारोहमा विद्यार्थीसँगै उनीहरूका अभिभावकहरूको समेत उपस्थिति रहेको थियो । 

बेलायतको लण्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त उक्त कलेज इनोभेट नेपाल ग्रुपद्वारा सञ्चालित कलेज हो । दिक्षान्त समारोहका विश्वविद्यालयका उपकुलपति प्रोफेसर जुली हलले विद्यार्थीहरूलाई दिक्षान्तको प्रमाणपत्र प्रदान गरेका थिए । 

उक्त अवसरमा बोल्दै उनले विश्वभर सम्बन्धन प्राप्त कलेजमध्ये इस्लिङ्टन कलेज उत्कृष्ट भएको बताए । ‘यो महत्वपूर्ण अवसरमा सबै विद्यार्थीको सुखद् भविष्यको शुभकामना दिन चाहन्छु ।’ उनले भने ।  दीक्षान्त समारोशमा बोल्दै आईएनजीका संस्थापक अध्यक्ष सुलभ बुढाथोकीले लन्डन विश्वविद्यालयको हाइ र्याङ्किङमा परेको यस कलेजमा उत्तीर्ण विद्यार्थीले नेपाल र विश्वका विभिन्न मुलुकमा उत्कृष्ट स्थान हासिल गर्न सफल भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप