आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँ विश्वविद्यालयका १६९९ विद्यार्थी दीक्षित

बिहीबार, २९ मङ्सिर २०७९, १९ : ५३
बिहीबार, २९ मङ्सिर २०७९

काठमाडौँ विश्वविद्यालयका १६९९ विद्यार्थी दीक्षित  भएका छन् । मानविकी, शिक्षा, इन्जिनियरिङ, कानुन, व्यवस्थापन, स्वास्थ्य विज्ञान र विज्ञान विधाका ८ जना विद्यावारिधि, ८५ जना एमफिल, स्नातक र स्नातकोत्तर तहका गरी १६९९ विद्यार्थी दीक्षित भएको काठमाडौँ विश्वविद्यालयले जनाएको छ ।   

 प्रधानमन्त्री तथा कूलपति शेरबहादुर देउवा, वरिष्ठ फिजिसियन तथा मुटुरोग विशेषज्ञ डा मृगेन्द्रराज पाण्डे एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकूलपति देवेन्द्र पौडेलको उपस्थितिमा विश्वविद्यालयको दीक्षान्त समारोह सम्पन्न भएको हो । 

दीक्षित हुनेमा अस्ट्रिया, क्यानडा, चीन, जर्मनी, भारत, इटाली, माल्दिभ्स पोर्चुगल, रुस, सिङ्गापुर, स्पेन, श्रीलङ्का, ताइवान र संयुक्त राज्य अमेरिका गरी १४ देशका १६८६ जना विदेशी विद्यार्थी समेत रहेको विश्वविद्यालयले उल्लेख गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप