असमान शिक्षक दरबन्दी सच्याउन माग
आइतबार, १६ वैशाख २०८१, १३ : ०१

काठमाडौँ । आम जनता पार्टी (आजपा)ले असमान शिक्षक दरबन्दी वितरण सच्याउन माग गर्दै ज्ञापन पत्र बुझाएको छ । रौतहटका प्रमुख जिल्ला अधिकारीमार्फत आजपाले ५ बुँदे माग गर्दै अपुग तहगत र विषयगत शिक्षक दरबन्दी पूर्ति गर्न तथा विद्यार्थी सङ्ख्याको अनुपातमा अपुग शिक्षक दरबन्दी तत्काल आपूर्ति गर्न सरकारलाई ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापनपत्रमा प्रत्येक विद्यालयमा तहगत र विषयगत शिक्षक आपूर्ति गर्न, प्रत्येक विद्यालयमा तहगत विषयगत शिक्षक आपूर्ति गर्न, मधेसका अधिकांश विद्यालयमा १०० देखि ३०० सम्म विद्यार्थी कोचिएकाले विद्यालयमा तत्काल सेक्सन छुट्याइ अपुग शिक्षक र आवश्यक भौतिक संरचना पूर्ति गर्नुपर्ने लगायतका माग पनि राखिएको छ ।
आफूहरूको माग सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्ने आजपाले स्पष्ट पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नोरा फतेहीले तताइन् हायात ग्राउन्ड, तस्बिरमा हेर्नुहोस्
-
वन्डरल्यान्ड वाटरपार्कमा तोडफोड
-
पछिल्लो २४ घण्टामा विपद् : चारको मृत्यु, अट्ठाइस घाइते
-
रोटरी ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट पत्रकार कोइराला पुरस्कृत
-
दुई मन्त्रीको गुटबन्दीको घेरामा लमजुङ तरुण दल, अधिवेशन बन्यो रणमैदान
-
क्होंलासोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रक्रिया थाल्ने निर्णय