असमान शिक्षक दरबन्दी सच्याउन माग
आइतबार, १६ वैशाख २०८१, १३ : ०१
काठमाडौँ । आम जनता पार्टी (आजपा)ले असमान शिक्षक दरबन्दी वितरण सच्याउन माग गर्दै ज्ञापन पत्र बुझाएको छ । रौतहटका प्रमुख जिल्ला अधिकारीमार्फत आजपाले ५ बुँदे माग गर्दै अपुग तहगत र विषयगत शिक्षक दरबन्दी पूर्ति गर्न तथा विद्यार्थी सङ्ख्याको अनुपातमा अपुग शिक्षक दरबन्दी तत्काल आपूर्ति गर्न सरकारलाई ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापनपत्रमा प्रत्येक विद्यालयमा तहगत र विषयगत शिक्षक आपूर्ति गर्न, प्रत्येक विद्यालयमा तहगत विषयगत शिक्षक आपूर्ति गर्न, मधेसका अधिकांश विद्यालयमा १०० देखि ३०० सम्म विद्यार्थी कोचिएकाले विद्यालयमा तत्काल सेक्सन छुट्याइ अपुग शिक्षक र आवश्यक भौतिक संरचना पूर्ति गर्नुपर्ने लगायतका माग पनि राखिएको छ ।
आफूहरूको माग सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्ने आजपाले स्पष्ट पारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण