शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तौल घटाउन मद्दत गर्ने यी फलफूल

शनिबार, ०२ पुस २०७९, १२ : ११
शनिबार, ०२ पुस २०७९

आजको समयमा मोटोपना तीव्र गतिमा बढिरहेको छ । अधिकांश मानिस मोटो बन्दै गएका छन् । मानिसहरू तौल घटाउन धेरै उपाय अपनाउने गर्दछन् । तर तौल घटाउनु निकै गाह्रो काम हो, जसका कारण धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ । 

तौल बढ्ने कारणले स्वास्थ्यसँग सम्बन्धित धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ । तौल घटाउन खानपानमा विशेष ध्यान दिनुपर्छ। यदि तौल घटाउन चाहनुहुन्छ भने केही फलफूलको सेवन गरेर बढ्दो तौल घटाउन सकिन्छ । जानौँ तौल घटाउन मद्दत गर्ने ती फलहरू
१. सुन्तला
सुन्तलाको सेवन तौल घटाउनका लागि निकै फाइदाजनक मानिन्छ । सुन्तलामा धेरै कम क्यालोरी हुन्छ र यसमा भिटामिन सी र फाइबर प्रशस्त हुन्छ, जसले तौल घटाउन मद्दत गर्छ। त्यसैले तौल घटाउन चाहनुहुन्छ भने सुन्तला अवश्य खानुहोस् ।
२. स्याउ
स्याउको सेवन पनि तौल घटाउन निकै फाइदाजनक मानिन्छ । स्याउमा क्यालोरीको मात्रा एकदमै कम हुन्छ र फाइबरको मात्रा धेरै हुन्छ, जसले तौल घटाउन मद्दत गर्छ। त्यसैले यदि तपाई पनि तौल घटाउन चाहनुहुन्छ भने स्याउ खानुहोस् ।
३. स्ट्रबेरी
स्ट्रबेरीमा फाइबर प्रचुर मात्रामा पाइन्छ । जसका कारण लामो समयसम्म पेट भरिएको महसुस हुन्छ र भोक पनि कम हुन्छ । जसले तौल घटाउन मद्दत गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप