शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकाको भ्रमण गर्ने जेलेन्स्कीको तयारी

बुधबार, ०६ पुस २०७९, ०९ : २२
बुधबार, ०६ पुस २०७९

युक्रेनी राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले बुधबार वाशिंगटनको यात्रा गर्न सक्ने जनाइएको छ । उनको भ्रमणको अझै पुष्टि भने भएको छैन । सुरक्षाका कारण उनको भ्रमण योजना परिवर्तन हुन सक्ने रोयटर्सले जनाएको छ । 

पञ्चबाउल न्युजले पनि जेलेन्स्कीको पहिलो पटक सम्भावित यात्राको रिपोर्ट गरेको छ । यदि उनले भ्रमण गरेमा फ्रेवुवरी २४ मा रुसी जेलेन्स्कीको युक्रेन बाहिरको पहिलो यात्रा हुनेछ । 

योजनाअनुसार भ्रमण भएमा जेलेन्स्कीले रिपब्लिकन र डेमोक्र्याटिक पार्टीका नेता र राष्ट्रिय–सुरक्षा समितिका प्रमुखहरूलाई भेट्ने अनुमान  गरिएको छ । त्यस्तै उनले संसदको संयुक्त बैठकलाई सम्बोधन गर्न सक्नेछन् । 

रुसले युक्रेनमाथि हमला गरेपछि वासिंगटनले किभलाई आर्थिक तथा सैन्य सहयोग प्रदान गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप