राइट टु प्रोटिन रन माघ ७ मा
नेपाल भेटेरिनरी संघको आयोजनामा राइट टु प्रोटिन रन माघ ७ गते हुने भएको छ । हाफ म्याराथनसहित विभिन्न ७ विधामा दौड हुने आयोजक संघका अध्यक्ष डा सितलकाजी श्रेष्ठले जानकारी दिए ।
पुरुष-महिला खुला हाफ म्याराथन, खुला पुरुष १० किलोमिटर र महिला ५ किलोमिटर दौड, १२ कक्षासम्मका विद्यार्थीको पुरुष ५ किलोमिटर र महिला ३ किलोमिटर दौड तथा व्हीलचेयरमा प्रतिस्पर्धा हुनेछ । सातै स्पर्धामा नगद पुरस्कार राखिएको छ । कुल पुरस्कार राशी १० लाख ३२ हजार ५ सय रुपैयाँ रहेको छ । हरेक प्रस्पर्धामा पाँचौं स्थानसम्म आउनेलाई नगदबाट पुरस्कृत गरिने छ ।
हाफ म्याराथनमा शीर्ष तीन स्थान हात पार्नेलाई क्रमशः १ लाख, ७५ हजार र ५० हजार नगद पुरस्कार प्रदान गरिने छ । १० किलोमिटर पुरुष खुलामा पहिलो हुनेले ५० हजार, दोश्रोले ४० हजार र तेश्रोले ३० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । महिला खुला ५ किलोमिटर÷विद्यार्थीतर्फ ५ किलोटिमर पुरुष-व्हीलचेयरमा पहिलो हुनेलाई ३० हजार, दोश्रोलाई २० हजार र तेश्रोलाई १५ हजार नगदबाट पुरस्कृत गरिने छ । स्कुलको महिला ३ किलोमिटर दौडमा पहिलो हुनेले २० हजार, दोश्रोले १५ हजार र तेश्रोले १० हजार नगद पुरस्कार जित्ने छन् ।
नेपाल एथलेटिक्स संघले मान्यता दिएको दौडलाई नेपाल दाना उद्योग संघ र अन्तर्गतका दाना उद्योगले सहयोग गर्ने भएका छन् । दौडको अस्पताल पार्टनरमा प्रिमेरा अस्पताल, टिकेटिङ पार्टनरमा इ सेवा, साउन्ड सिस्टम पार्टनरमा आईएसएस प्रालि र हस्पिटिलिटी पार्टनरमा मेरियोट काठमाडौं रहेका छन् । युए सोइ दौडको प्रवद्र्धक रहेको छ ।
आमजनमानसमा सन्तुलित आहार बारे जनचेतना जगाउने मुख्य उद्देश्यले दौड आयोजना गर्न लागिएको हो । दौड त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी पुनः दशरथ रंगशालामै आएर टुंगिने छ ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
-
रास्वपा कपिलवस्तुको अध्यक्षमा शिवकुमार सुवेदी विजयी, यस्तो छ नयाँ कार्यसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण