अमेरिकामा हिमआँधी : ज्यान गुमाउनेको संख्या ३८ पुग्यो
अमेरिकामा हिमआँधीमा परेर कम्तीमा ३८ जनाको मृत्यु भएको छ । हिमआँधीका कारण कान्सास, नेब्रास्का, ओहायो, न्युयोर्क, ओक्लाहोमा, केन्टकी, मिजौरी, टेनेसीलगायतका राज्यमा ३८ जनाको मृत्यु भएको हो । आँधीबाट न्युयोर्कको बफेलो सहर सबैभन्दा बढी प्रभावित छ ।
बफेलोको नियाग्रा अन्तर्राष्ट्रिय विमानस्थलमा ४३ इन्च हिउँ जमेको छ । क्यानडामा ब्रिटिस कोलम्बियाको पश्चिमी प्रान्तको मेरिट सहर नजिक हिउँको सडकमा बस पल्टिँदा चार जनाको मृत्यु भएको छ ।
आँधी आगामी केही दिनमा कम हुने मौसमविद्हरूले बताए छन, तर अत्यावश्यक बाहेक यात्रा नगर्न उनीहरूले सल्लाह दिएका छन् ।
आँधीले केही दिनदेखि विनाश ल्याएको छ, तर पहिलेको ब्ल्याकआउटपछि बिजुली स्थिर रूपमा पुनस्र्थापित भएको छ । आइतबार २ लाखभन्दा कम मानिस बिजुलीबिहीन भएका थिए ।
अत्यधिक चिसोका कारण सर्वसाधारणलाई घरबाट बाहिर ननिस्कन सुझाव दिइएको छ । बिजुली नभएपछि कठ्यांग्रिएर ज्यान गुमाउनेको संख्या बढ्नसक्ने अधिकारीहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
-
सुदूरपश्चिम सरकार टिकाउन पालैपालो मन्त्री : पुराना बिदा हुँदै, नयाँ भित्रिँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण