बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

फिलिपिन्सको बाढीमा १३ जनाको मृत्यु, २३ बेपत्ता

बुधबार, १३ पुस २०७९, ०८ : ०७
बुधबार, १३ पुस २०७९

भारी वर्षा र अचानक बाढीले फिलिपिन्समा १३ जनाको ज्यान मृत्यु भएको छ । केही दिनदेखि आएको वर्षापछिको बाढीमा परेर २३ जना बेपत्ता भएका छन् ।

पीडितमध्ये अधिकांश माझी भएका हुन  सक्ने देशको विपद् व्यवस्थापन परिषद्लाई उद्धृत गर्दै अन्रर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । विपद्का कारण ४५ हजारभन्दा बढी मानिसहरूलाई आश्रयका लागि विस्थापित केन्द्रहरूमा बस्न बाध्य भएका छन् । 

बेपत्ता भएका माझीहरु खराब मौसमसँग सम्बन्धित खतराहरूको बाबजुद समुद्रमा गएका प्रकोप निकायले जनाएको छ । वेपत्ताको खोजी कार्य भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप