दुई थान पेस्तोलसहित कोटेश्वरबाट एकजना पक्राउ
बिहीबार, २० पुस २०७४, १२ : ५६
काठमाडौं– काठमाडौंको कोटेश्वरबाट दुई थान पेस्तोल सहित एकजना पक्राउ परेका छन् ।
कोटेश्वरस्थित न्यु सुनकोसी गेस्टहासबाट खोटाङका सुवास कार्की नामका युवा पक्राउ परेका हुन् ।
महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले कार्कीको साथबाट दुई थान पेस्तोल र पाँच राउण्ड गोली बरामद गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रामदत्त जोशीले प्रहरी टोली घटनास्थमै रहेको भन्दै घटनाको पूर्ण विवरण आउन बाँकी रहेको रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार प्रतिवादी पक्राउ
-
पोखरामा कहाँ घुम्ने ? यस्ता छन् महानगरले बनाएको भ्रमण प्याकेज
-
चीनको क्षेप्यास्त्र परीक्षणविरुद्ध प्रशान्त राष्ट्र एकजुट
-
युरोपेली संघको हवाई सुरक्षा सूचीबाट नेपाललाई हटाउन सांसद अधिकारीको माग
-
कोशी प्रदेशको बजेट पारित
-
संसद्मा हरिनादेवी कामीको प्रश्न– बसको रङ निलो बनाएर महिला सुरक्षित हुन्छन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण