शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

आफ्नै  शरीरमा आगोलगाई आत्महत्या, आमा गम्भीर घाइते

बुधबार, २३ मङ्सिर २०७२, १८ : ३५
बुधबार, २३ मङ्सिर २०७२

बैतडी–बैतडीमा एक व्यक्तिले आफ्नै शरीरमा आगो लगाई आत्महत्या गरेका छन् भने आमालाई आगो लगाएर गम्भीर घाइते बनाएका छन् ।

प्रहरीका अनुसार आत्महत्या गर्नेमा दुर्गास्थान–६ का ३८ वर्षीय नारायण बडू रहेका छन् । उनले आमालाई मट्टीतेल खन्याई घाइते बनाएपछि आफूले पनि आफ्नै शरीरमा मट्टीतेल छर्केर गम्भीर घाइते भएका थिए ।

घाइते भएका बडूको सेती अञ्चल अस्पताल कैलालीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतक बडूले सोमबार आफ्नै शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण शाहीले भने “रक्सी सेवन गरी आप्mनो र आप्mनी आमाको शरीरमा आगो लगाएको रहेछ ” । आगोले जलेर गम्भीर घाइते भएकी ६८ वर्षीय आमा द्रौपती बडूलाई सेती अञ्चल अस्पतालमा उपचार हुन नसक्दा काठमाडौँ पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप