किशोरी अवस्थामा पुग्नासाथ विद्यालय जान रोक
नेपालगन्ज– नेपालगन्ज उपमहानगरपालिका–२६ इन्द्रपुरका मुस्लिम तथा मधेसी समुदायका अधिकांश बालिका किशोरी अवस्थामा पुग्नासाथ तिनका परिवारले विद्यालय जान रोक लगाउने गरेको पाइन्छ ।
किशोरीलाई विद्यालय नपठाउने प्रमुख कारणमध्ये त्यस गाउँका परिवारमा बाल्यावस्थामा विवाह गरिदिने प्रचलनले पनि त्यतिकै जरा गाडेको छ ।
यहाँस्थित फातिमा ‘फाउण्डेसन’ ले केही महिनाअघि त्यहाँ गरेको अध्ययन अनुसन्धानबाट त्यस गाउँका ९० प्रतिशतभन्दा बढी बालिकाको १२ देखि १४ वर्षको उमेरमै विवाह भएको डरलाग्दो अवस्थाको चित्रण गरेको छ ।
करिब १० हजार जनसङ्ख्या रहेको इन्द्रपुरमा तीन प्राथमिक, एक निम्नमाध्यमिक विद्यालय तथा तीन मदरसामा हाल एक हजार ४७४ जना विद्यार्थी अध्ययनरत् छन् । त्यसमध्ये छात्राको सङ्ख्या ७१० जना रहेको देखाए पनि आधा छात्राले बीचमै अध्ययन छाडेको शिक्षक बताउँछन् ।
त्यहाँका अधिकांश परिवारको कमजोर आर्थिक अवस्था हुनु, विद्यालय तथा मदरसाको भौतिक पूर्वाधार जीर्ण हुनु पनि बालिका विद्यालय नआउनुको अर्को कारण भएको छ ।
त्यसैगरी, छोरीको बाल्यावस्थामा विवाह गरिदिने, छोरी ठूली भई भने बिग्रिन्छे, अर्काकी सम्पत्ति हो छोरीमा किन लगानी गर्ने भन्ने त्यहाँका अधिकांश अभिभावकको मान्यतालाई परिवर्तन नगर्दासम्म शिक्षा पाउने बालिकाको अधिकारलाई स्थापित गर्न गाहं्रो हुने गरेको सो उपमहानगरपालिकाका सल्लाहकार शुक्रऋषि चौलागाइँको भनाइ छ ।
स्थानीय तहका विभिन्न सरोकारवाला सरकारी तथा गैरसरकारी निकायबाट त्यहाँका अभिभावक, शिक्षक, बालिका, नागरिक समाजका अगुवा, अधिकारकर्मी तथा सरोकारवाला निकायका पदाधिकारीलाई एकै थलोमा राखेर बालिका शिक्षाको विषयमा सम्बाद कार्यक्रम सञ्चालनको अभियान नै थालिएको छ ।
अभियानले ती पक्षबीच साझा अवधारणा तयार गर्न मद्दत पु¥याउनुका साथै लैगिङ्गक विभेद्लाई दुरुत्साहन गर्न, महिलामाथि कुनै पनि प्रकारको हिसां नगर्न, विद्यालयमा बालमैत्रीपूर्ण व्यवहार गर्न, शिक्षा कार्यालयले प्रभावकारी अनुगमन तथा विद्यालयको सुधार गर्नेलगायत सातबुँदे साझा प्रतिबद्धतासमेत तय गरेको फातिमा फाउण्डेसनका कार्यबाहक अध्यक्ष मैमुना सिद्धिकीको भनाइ छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण