आमहडतालका कारण अदालतको मुद्दा सुनुवाइ प्रभावित
लहान–संयुक्त मधेसी मोर्चाको आमहडतालका कारण पुनरावेदन अदालत राजविराजको मुद्दा सुनुवाइ प्रभावित भएको छ ।
आमहड्तालका कारण मुद्दाका पक्ष, विपक्ष र कानुन व्यवसायी मुद्दा सुनुवाइमा सहभागी हुन नसकेका कारण मुद्दाको सुनुवाइ प्रभावित भएको हो । चालु आर्थिक वर्ष २०७२÷७३ को प्रथम चौमासिकमा एक हजार ६०० मुद्दाको फस्यौट गर्नुपर्नेमा आमहडतालका कारण २६७ वटा मुद्दा मात्र फछ्र्यौट हुन सकेको पुनरावेदन अदालत राजविराजका रजिस्टार मानबहादुर कार्कीले जानकारी दिए । सन् २०७२ साउनदेखि मङ्सिरसम्म पाँच महिनाको अवधिमा लक्ष्यभन्दा करिब एक हजार ३०० को सङ्ख्यामा मुद्दा कम फछ्र्यौट भएको रजिस्टार कार्कीले बताए ।
सन् २०७१ बाट दुई हजार ५९ मुद्दा जिम्मेवारी र २०७२ मा ३९८ वटा मुद्दा नयाँ दर्ता भई जम्मा दुई हजार ४५७ मुद्दा जम्मा लागत रहेको रजिष्टार कार्कीले जानकारी दिए ।
जसमा २०७२ साउन महिनामा १५, भदौमा २६, असोजमा २१, कात्तिक मा १५ र मङ्सिरमा २४ वटा नयाँ मुद्दा दर्ता भएको बताए । जम्मा दुई हजार ४५७ मुद्दामध्ये साउन महिनामा १९६, भदौ महिनामा २७, असोज महिनामा १६, कात्तिक महिनामा २० र मङ्सिर महिनामा ८ गरी जम्मा २६७ वटा मुद्दा फछ्र्यौट भएको उनले बताए ।
यो फछ्र्यौट सङ्ख्या जम्मा मुद्दा सङ्ख्याको ६।१० प्रतिशत हो । यस्तै चालु आर्थिक वर्षमा मेलमिलापको १३ मुद्दा प्रक्रियामा रहेका छन् भने चालु आर्थिक वर्षको साउन २० गतेपछि १७ वटा बन्दीप्रत्यक्षीकरणको रिट दायर भएकोमा १५ वटा मुद्दा फछ्र्यौट भएको तथा फछ्र्यौट भएको तीनवटाको आदेश जारी भएको जानकारी दिए ।
पुनरावेदन अदालतका मुख्य न्यायाधीश ईश्वर खतिवडाले आमहडतालका कारण अदालतले गर्दै आएको समुदायसँग अदालतको पहुँच कार्यक्रम गर्न नसकेको बताउनु हुँदै आमहडतालका कारण गत साउन २९ गतेदेखि अदालतको कामकाज ठप्प रहेकाले नियमित कामकाजसमेत प्रभावित भएको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण