ललितपुर मोबाइल कम्प्लेक्समा तीनवटा मल्टिब्राण्ड शोरुम
काठमाडौं–ललितपुरको लगनखेलमा रहेको ललितपुर मोबाइल कम्प्लेक्समा अब तीनवटा अन्तराष्ट्रियस्तरको मल्टिब्राण्ड शोरुमहरु संचालनमा आउने भएका छन् । मोबाइल खरिदकर्ताको मूख्य आकर्षणको केन्द्र रहेको ललितपुर मलमा रहेको कम्प्लेक्समा मल्टिब्राण्ड शोरुम संचालनमा आईसकेको छ । शोरुममा एकैपटक ४,००० जना ग्राहकहरुलाई मोबाइलसम्बन्धि सेवाहरु प्रदान गर्न सकिन्छ भने सामसुंग, हुवावे, लाभा, सोनी, माइक्रोसफ्ट, नोकिया, जियोनी, डिटिसी, सेलकोन, कार्बन, आर्क, पानासोनिक लगायत ब्राण्डका विभिन्न मोडलका मोबाइलहरु खरिद गर्न सकिन्छ । त्यसैगरी यो शोरुममा विभिन्न किसिमका मोबाइल एसेसरिज पनि उपलब्ध रहेका छन् ।
मोबाइल कम्प्लेक्समा दोस्रो ठूलो शोरुम एप्पल ब्राण्डको रहेको छ । एप्पलको शोरुम करिब १५०० स्क्वायरफीटमा फैलिएको छ भने नेपालमा नै सबैभन्दा अत्याधुनिक सुविधासम्पन्न र प्रविधियुक्त अन्तराष्ट्रियस्तरको एप्पलको शोरुम स्थापना भएको छ । यो शोरुममा एप्पलको विभिन्न सिरिजका आईफोनका साथै एप्पल ब्राण्डको लागि आवश्यक सबै किसिमका एसेसरिजहरु उपलब्ध हुनेछन् । त्यसैगरी नेपालमा नै पहिलो पटक १० उत्कृष्ट मोबाइल ब्राण्डका बितरकहरुको संयुक्त लगानीमा बाहिरका साना व्यवसायीहरुलाई होलसेल मूल्यमा नै मोबाइल बिक्री गर्ने उदेश्यका साथ संचालित कम्पनी पनि कम्प्लेक्समा नै संचालनमा आएको छ । कम्पनीबाट मोबाइल उपभोक्ताहरुलाई पनि सूपथ मूल्यमा ब्राण्डेड मोबाइलहरु बिक्री गरिनेछ । यसबाट कम्प्लेक्सबाहिर गुणस्तरहिन सामान खरिद गरेर ठगिने क्रमको अन्त्यहुने विश्वास गरिएको छ । ललितपुर मोबाइल कम्प्लेक्समा रहेका अन्तराष्ट्रियस्तरका शोरुमहरुको निर्माण अन्तिम चरणमा रहेको र यहि अंग्रेजी नयाँ वर्ष २०१६ को अवसर पारेर भव्यरुपमा शुभारम्भ हुँदैछ ।
लगनखेलको केन्द्रमा रहेको कम्प्लेक्समा अन्य विभिन्न ४० ब्राण्डेड पसलहरु पनि संचालनमा रहेका छन भने हरेक प्रकारका मोबाइलको समस्या समाधान गर्नका लागि सर्भिस सेन्टर पनि राखिएको छ । कम्प्लेक्समा उच्चस्तरका मोबाइल तथा एसेसरिज खरिद गर्न सकिनेहुँदा ग्राहकहरुले परल मूल्यमा सक्कली सामाग्रीहरु खरिद गर्न सक्नेछन् । आगामी दिनमा ग्राहकहरुलाई अझ सस्तो र उचित मूल्यमा स्तरिय सामान दिनको लागि कम्प्लेक्सले सिधै चीनबाट एसेसरिज आयात गर्ने योजना पनि बनाईरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण