हतियारसहित लुटेरा पक्राउ
बिहीबार, २४ मङ्सिर २०७२, ०९ : २८
रौतहट – प्रहरीले जिल्लाको मौलापुर देबाहीघाट लालबकैया पुलबाट एक व्यक्तिलाई हतियारसहित पक्राउ गरेर स्थानीयले प्रहरीलाई बुझाएका छन् । लुटपाट गर्न हतियार लिएर पुलमा बसेका लुटेरालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् ।
कर्कच कर्मैया–८ का २३ वर्षीय रामानन्द मुखियालाई बुधवार राति ९ बजे स्थानियले नियन्त्रणमा लिएका थिए । मुखियासंगै रहेका अन्य चार पाँचजना भने भाग्न सफल भएका छन् । मुखियाको साथबाट एकथान थ्रि फिप्टीन पेस्तोल बरामद भएको जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी राजेन्द्र पोखरेलले बताएका छन । मुखियालाइ इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा राखी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । पछिल्लो केही दिनदेखि बंकुलबाट उक्त बाटो हुँदै आउने यात्रुहरु पटकपटक लुटिने गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
-
कांग्रेसको संस्थापन इतर पक्षले भोलि आइतबार विराटनगरमा भेला गर्दै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण