शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

४ अनुसन्धानकर्ता ‘नबिल विज्ञान प्रविधि पुरस्कार’ बाट सम्मानित

बिहीबार, २४ मङ्सिर २०७२, १२ : २९
बिहीबार, २४ मङ्सिर २०७२

काठमाडौं–राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठानद्वारा ‘नबिल विज्ञान तथा प्रविधि पुरस्कारहरु’ प्रथम पटक ४ जना वरिष्ठ अनुसन्धानकर्ताहरुलाई प्रदान गरिएको छ । अनुसन्धानकर्ताहरु प्रा. डा. शिवप्रसाद धौभडेल, प्रा.डा. संगिता राजभण्डारी, डा. दीपकराज सिंह तथा डा. दुर्गाप्रसाद सापकोटालाई विज्ञान तथा प्रविधिको क्षेत्रमा उत्कृष्ट योगदान दिए बापत ‘नबिल विज्ञान तथा प्रविधि पुरस्कार’ बाट पुरस्कृत गरिएको हो । उक्त पुरस्कारको राशि १,२५,००० रहेको छ भने पुरस्कार प्रधानमन्त्री के.पी शर्मा ओलीले नास्टको ३३ औं वार्षिकोत्सवको अवसरमा प्रदान गरिएको हो ।

उक्त समारोहमा जम्मा २१ अनुसन्धानकर्ताहरुलाई विभिन्न विधाहरुमा पुरस्कृत गरिएको थियो । पुरस्कारका लागि छनौट राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठानको संरक्षकत्वमा प्रतिष्ठित वैज्ञानिक तथा प्राज्ञहरुको समूहद्वारा गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप