शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

भारतीय दुतावास अगाडी धर्ना दिन पुगेका ३ दर्जन अधिकारकर्मी पक्राउ

बिहीबार, २४ मङ्सिर २०७२, १४ : ५५
बिहीबार, २४ मङ्सिर २०७२

काठमाडौं– मानव अधिकार तथा शान्ति समाजद्वारा ‘नाकाबन्दी मानवता विरुद्धको अपराध हो, नाकावन्दी मानव अधिकारमाथि कुठाराघात हो’ भन्ने मुलनारा सहित संचालित १० दिवसीय विशेष अभियानको क्रममा आज काठमाडौंस्थित भारतीय दुतावास अगाडी आयोजित धर्नाबाट प्रहारीले कृष्ण पहाडी सहित ३ दर्जन अधिकारकर्मीहरुलाई पक्राउ गरेको छ । भारतले लगाएको नाकावन्दीका कारण नेपाल र नेपाली नागरिकको मानव अधिकार कुण्ठित हुन पुगेको भन्दै भारतलाई नाकावन्दी तत्काल अन्त्य गर्न आग्रह सहित धर्ना आयोजना गरिएको थियो ।

दिउँसो १ बजे निर्धारित धर्ना शुरु हुने वित्तिकै प्रहरीले शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी सहित सभापति गङ्गाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल, कवि अर्जुन पराजुली, समाजका महासचिव उत्तम पुडासैनी, कोषाध्यक्ष रेणुका पौडेल, अधिकारकर्मीहरु पुष्पा केसी, बटुकृष्ण ढुङ्गेल, रत्नलक्ष्मी श्रेष्ठ, रमेश सिंखडा, रामकृष्ण बराल, जयराम पुडासैनी, रेणुका काउचा, अञ्जना अर्याल, दिवाकर सिल्वाल, गोकर्णमणि पुडासैनी, जगन्नाथ पुडासैनी, हेमराज चौलागाई, दिपक पुडासैनी, जानुका पन्त, कोपिला पौडेल, चित्र रसाइली, रामचन्द्र खतिवडा, रुपेश कुमार अर्याल, प्रदीप पौडेल, ज्ञानहरि ढुङ्गाना, वि। पौडेल, नानिकाजी गिरी, अनिल पौडेल, लोकेन्द्र थापा, बसन्त पौडेल, अनिल तिवारी, कुमार पौडेल, सन्तोष बराल, अप्सरा अधिकारी सहितलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई २ नम्बर प्रहरी गण रानीबारीमा राखिएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप